याेगगुरु रामदेवले पनि कोभिडको खोप लगाउने
अ +
अ -
काठमाडौं । पतञ्जलि आयुर्वेदिक संस्थाका संस्थापक रामदेवले कोरोना विरुद्धको खोप लगाउने घोषणा गर्नुभएको छ । रामदेवले छिट्टै कोरोना खोप लगाउने घोषणा गर्नुभएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
यसअघि प्याथोलोजी लगायत आधुनिक चिकित्सा पद्धतिको विरोधमा उत्रिएपछि रामदेवविरुद्ध भारतका चिकित्सकहरुले देशव्यापी विरोध गर्दै उहाँविरुद्ध कानुनी उपचारको खोजी गर्ने चेतावनी समेत दिएका थिए ।
उहाँले चिकित्सकहरुलाई ‘धर्तीमा रहेका ईश्वरका दूतको संज्ञा दिँदै आफूले पनि कोरोनाविरुद्धको खोप लगाउने बताउनुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत