आजबाट वीर अस्पताल बिहान ८ बजे नै खुल्ने, टिकट ७ बजेबाटै सुरु
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्तपताल आजबाट बिहान ८ बजे नै खुल्ने भएको छ ।
अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले असार २९ गते नै परिपत्र जारी गरी आजबाट कार्यालय समय बिहान ८ बजेबाट दिउँसो ४ बजेसम्म हुने जानकारी दिनुभएको छ ।
कार्तिक १६ गतेदेखि भने ८ः३० बजजेबाट ३ः३० बजेसम्म हुनेछ ।
ओपीडी टिकट बिहान ७ बजे देखि सुरु भएर दिउँसो २ः३० बजेसम्म रहने जानकारी पनि पौडेलले दिनुभएको छ । ११ः३० बजेदेखि १२ंः१५ बजेसम्म ४५ मिनेट खाना समय छुट्याइएको छ ।
शल्यक्रिया पनि बिहान ८ बजेबाटै सुरु हुने जानकारी दिइएको छ । ओपीडी सेवा बिहान ९ बजे अगाडि नै सुरु गरिने भएको छ । शैक्षिक गतिविधि भने दिउँसो ३ बजेबाट मात्रै सुरु हुने अस्पपतालका निर्देशक पौडेलले जानकारी दिनुभएको छ।
बिहान कार्यलय आउँदा १५ मिनेटसम्म ढिला भएमा मात्रै हाजिरीलाई मान्यता दिने र दिउँसो निकस्ने बेलामा १५ मिनेट छिटो मात्रै निस्कने पाउने जानकारी पदि दिइएको छ ।

हेल्थपाटी
तपाईँको अभिमत