बच्चाहरूमा मोतिबिन्दुको जोखिम, यी हुन् लक्षण
धेरैजसो पाका उमेरका व्यक्तिमा हुने मोतिबिन्दु समस्या नाबालक तथा बच्चाहरूमा समेत हुने देखिएको छ । यद्यपि यो समस्या बच्चाहरूमा निकै कम हुने टाइम्स अफ इन्डियामा समाचार प्रकाशित छ ।
मोतिबिन्दुले आँखाको पछाडि भएका नशा/तन्तुहरूलाई बिगार्ने र बिस्तारै दृष्टि हराउँदै जाने गर्छ । यो जन्मदै पनि हुने गरेको छ । जन्मिएको तीन वर्षसम्ममा मोतिबिन्दु भइसक्ने विज्ञहरूले बताएका छन् । यस किसिमको मोतिबिन्दु एकदमै कम हुने गरेको अध्ययनले देखाएको छ । यो हरेक हजारमा १ जनामा हुने गरेको बताइएको छ । त्यस्तै ‘जुभेनाइल’ नाम दिइएको मोतिबिन्दु १० वर्षसम्मका बालबालिकामा हुने बताइएको छ ।
विज्ञहरूका अनुसार नाबालकहरूमा पाका उमेरका भन्दा मोतिबिन्दु पत्ता लगाउन सजिलो छ । नाबालाकहरूको आँखा धमिलो देखिनु, आँसु धेरै आउनु, प्रकाशतिर हेर्न नसक्ने तथा कहिलेकाहीँ आँखा खोल्नै नसक्ने जस्ता लक्षण देखिन्छन् ।
यस्ता सङ्केत वा लक्षण देखिए तुरुन्त चिकित्सकको सल्लाहबमोजिम उपचारमा लाग्नुपर्ने विज्ञहरूले सुझाएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत