मिर्गाैलाका बिरामीले खान नहुने १० खानेकुरा

काठमाडौं । शरीरमा रगतलाई शुद्ध बनाउने र खनिज तथा तरल पदार्थलाई सन्तुलन राख्ने काम मिर्गौलाको हो । शरीर स्वस्थ रहन मिर्गाैलाको ठुलो भुमिका रहेको हुन्छ । अनियन्त्रित मधुमेह र उच्च रक्तचापको समस्याका कारण प्रायःधेरैको मिर्गौलामा असर पुगेको पत्तो हुँदैन ।
मिर्गाैलामा समस्या देखिएपछि खानामा विशेष ख्याल राख्नुपर्ने हुन्छ । केही खानेकुरा खान बन्द नै गर्नुपर्ने हुन्छ । मानिसलाई कुन रोगको समस्या छ सोही अनुसार कुन खानेकुरा खाने,कुन नखाने भन्ने कुरा भर पर्छ ।
मिर्गाैलाको समस्या भएका बिरामीहरुले धेरै खानेकुरा बार्नुपर्छ । जसमध्ये १० वटा खानेकुरा निम्न प्रकारका छन् ।
गाडा रङको सोडा :
मिर्गाैलाको समस्या भएका व्यक्तिहरुले सोडाको प्रयोग गर्नुहुँदैन । यसमा पाइने फस्फरोस मिर्गाैला बिरामीका लागि फाइदाजनक हुँदैन । नुनमा पनि केही मात्रामा फस्फरोस पाइन्छ । तर २०० मिलि सोडामा करिब ५० देखि १०० ग्राम फस्फरोस पाइन्छ ।
एभोकाडो :
पोटासियमले भरिपुर्ण एभोकाडो मिर्गाैला रोगीका लागि राम्रो मानिदैन । एक कप एभोकाडोमा करिब ७२७ मिलीग्राम पोटासियम पाइन्छ । मिर्गौलाका बिरामीहरुलाई डाक्टरहरु पोटोसियम कम भएको खानेकुरा खान सल्लाह दिने गर्दछन् ।
केरा :
केरालाई शरीरलाई शक्ति प्रदान गर्ने स्रोतका रुपमा लिइन्छ । केरामा पनि पोटासियमको मात्रा अधिक रहन्छ । मिर्गाैलाका बिरामीका लागि दैनिक केरा खानु उपयुक्त मानिदैन ।
खैरो चामल(ब्राउन राइस) :
ब्राउन राइसमा पनि फस्फरोस र पोटासियम पर्याप्त मात्रामा पाइन्छ । एक कप ब्राउन राइसमा करिब १५० मिलिग्राम फस्फरोस र १५४ मिलिग्राम पोटासियम पाइन्छ ।
यदि तपाई ब्राउन राइस खान बन्द गर्न सक्नुहन्न भने फस्फरोस र पोटासियमको मात्रा कम हुने अन्य खानेकुरा खानुहोस् ताकी फस्फरोस र पोटासियमको मात्रा सन्तुलित रहोस् ।
आलु :
मिर्गौलाका बिरामीले आलु पनि खानुहुँदैन । मध्यम आकारको आलुमा लगभग ६१० मिलिग्राम पोटासियम पाइन्छ । आलुलाई १० मिनेट सम्म तातोपानीमा उमालेमा पोटासियमको मात्रा कम हुन जान्छ ।
सुन्तला :
भिटामिन सि भरिपुर्ण पाइने सुन्तलामा पोटासियमको मात्रा अधिक रहन्छ । एक ठुलो आकारको सुन्तलामा करिब ३३३ मिलिग्रा पोटासियम पाइन्छ । मिग्रौलाका बिरामीले सुन्तलका सट्टा अंगुर खान सक्दछन् ।
दुधजन्य उत्पादन :
दुधजन्य पदार्थमा धेरै प्रकारका खनिज र भिटामिन पाइन्छ तर यि खानेकुरामा फस्फरोस् र पोटासियमको मात्रा धेरै हुन्छ । दुधजन्य पदार्थको प्रयोगबाट मिर्गौलाका बिरामीको हड्डीमा नराम्रोसँग असर पर्याउँछ । हड्डीमा फस्फरोस बढ्न जाँदा क्याल्सियमको कमी हुन जान्छ जसका कारण हड्डी कमजोर हुनजान्छ ।
गहुँको रोटी :
खाजामा खाने गरेको रोटीहरु प्रति पनि सावधानी अपनाउनपर्ने हुन्छ । मिग्रौलाका बिरामीहरु प्रचुर मात्रामा फाइबर पाइने गहुँको रोटी खानबाट बच्नुपर्दछ । किनकी गहुँमा पनि फस्फरोस र पोटासियम धेरै हुन्छ ।
क्यानको सूप :
बजारमा टिनको बट्टामा बन्द गरि राखिएको विभिन्न किसिमका सुपबाट मिर्गौलाका रोगीहरु टाढा बस्नुपर्दछ ।
टमाटर :
दिनहुँ टमाटरको प्रयोग गर्दा मिर्गाैलाका बिरामीलाई असर पर्याउँछ । टमाटरमा पनि पोटासियम र फस्फरोस पाइन्छ ।
तपाईँको अभिमत