पोखरा विश्वविद्यालयले असारबाट अस्पताल सञ्चालनमा ल्याउने
अ +
अ -
पोखरा विश्वविद्यालयले असारबाट अस्पताल सुरु गरी बहिरंग विभाग (ओपिडी)सेवा सञ्चालनमा ल्याउने भएको छ । विश्वविद्यालय परिसरभित्रकै छात्रावासलाई ‘मोडिफाई’ गरेर ओपिडी सेवा सञ्चालन गर्न लागिएकाे विश्वविद्यालयका राजिस्ट्रार प्राडा. दीपकबहादुर भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार ओपिडी सञ्चालन ल्याउन आवश्यक प्रशासनिक जनशक्ति, क्लिनिकल प्राविधिक जनशक्ति आदिका लागि विज्ञापन भई नियुक्तिको कामसमेत अन्तिम चरणमा पुगेको छ ।
अस्पताल सञ्चालनको सुरुको चरणमा बिरामी जाँच्ने बहिरंग सेवा (ओपिडी) थाल्न लागिएको हो । अस्पताल निर्माणका लागि पोखरा विश्वविद्यालयले सूर्य कन्स्ट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता गरिसकेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत