आयुर्वेद हेल्थ होमले मंसिर १९ देखि २१ गतेसम्म काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै

काठमाडौं । विगत २० वर्षदेखि आयुर्वेद उपचारमा समर्पित आयुर्वेद हेल्थ होम प्रालिले यही मंसिर १९ गतेदेखि २१ गतेसम्म ३ दिन निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
स्वास्थ्य शिविरमा निम्न स्वास्थ्य समस्याहरुको विशेषज्ञ डाक्टरहरुले विशेष परामर्श दिने कम्पनीले जानकारी दिएको छ । शिविरमा मांसपेशी, हाडजोर्नी, ढाड तथा घुँडाहरु दुख्ने समस्या, पेट र पाचन सम्बन्धी समस्या, ग्यास्ट्रिक, कब्जियत, पाइल्स, फिसर, फिस्टुलालगायतका समस्या भएका बिरामीले विशेग परामर्श लिन पाउनेछन् ।
त्यसका साथै रुघाखोकी, टन्सिल, श्वासप्रश्वासमा समस्या, दमआदिका रोगीले पनि परामर्श लिन पाउनेछन् । स्वास्थ्य शिविरमा बालबालिका एवम् महिलाका रोगहरु, यौन सम्बन्धि समस्याका साथै मानसिक तनाव व्यवस्थापन एवम् मनोवैज्ञानिक समस्याहरुको समाधानमा जोडि दिइनेछ ।
शिविरमा आयुर्वेद उपचारमा अनुभवप्राप्त विशेषज्ञ डाक्टरहरु डा. संगिता महर्जन, डा.व्योम कोइराला, तथा डाक्टरहरु डा.रुमी तण्डुकार, डा.सबिना खड्का, डा.ऋषभ कोइरालाले स्वास्थ्य परीक्षण गर्नेछन् ।
आयुर्वेद हेल्थ होम प्रालिले विगत २० वर्षदेखि शरीर, इन्द्रियहरु, मन एवम् पञ्चकर्म र योग उपचारका विविध उपक्रमहरुबाट १२२ देशका नागरिकलाई आयुर्वेद उपचारको सेवा दिँदै आएको छ । यस संस्थाले नेपालमा हेल्थ टुरिजमको विकाशमा अझै योगदान पु–याउने लक्ष राखेको छ ।
कम्पनीले आफ्नो नयाँ बिस्तारिक संरचना आयुर्वेद हेल्थ होम रिसोर्ट प्राकृतिक मनोरन छटाले भरिएको ‘नागार्जुन’ काठमाडौंमा छिट्टै शुरु गर्ने जानकारी दिएको छ । जुन ३० रोपनी क्षेत्रफलमा अवस्थित छ ।
तपाईँको अभिमत