देशमा मनसुनको प्रभाव घट्दै, कुन ठाउँमा कस्तो रहन्छ आजको मौसम ?
देशमा मनसुन वायुको प्रभाव कम हुँदै गएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कतै पनि भारी वर्षा हुनेछैन । देशका विभिन्न भागमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।
मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव पनि रहेको महाशाखाले जनाएको छ ।
अहिले बिहानगण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मूख्यतया सफा रहेको छ।
आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मूख्यतया सफा रहने छ।
कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागका थोरै स्थान तथा बाँकी भू-भागको एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ।
आज राति कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदलीदेखि मूख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको पनि सम्भावना रहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत