भारतमा कोरोनाकाे विश्व रेकर्ड, एकैदिन ७८,७६१ संक्रमित
नयाँ दिल्ली । भारतमा विश्वमा नै एकैदिन थपिएको कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । भारतका स्वास्थ्यमन्त्रीले आइतबार आफ्नो देशमा अहिलेसम्मकै धेरै ७८ हजार ७६१ जना नयाँ संक्रमित थपिएको जानकारी दिनुभयो ।
भारतमा एकैदिन धेरै संक्रमितको संख्या कायम भएको यो विश्वमा नै पहिलो पटक हो । यो सँगै भारतमा संक्रमितको संख्या ३४ लाख ६३ हजार ९७२ पुगेको छ भने ६२ हजार ५५० जनाको मृत्यु भएको छ ।
यसअघि अमेरिकामा एकैदिन ७७ हजार ६३८ जनालाई कोरोना पुष्टि भएको थियो । १ अर्ब ३० करोड जनसंख्या रहेको भारत कोरोनाबाट अतिप्रभावित मुलुकमा तेस्रोमा पर्दछ ।पहिलोमा अमेरिका छ भने दोस्रोमा ब्राजिल रहेको छ ।
जोन्स् हप्कीन्स् यूनिभर्सिटीको पछिल्लो तथ्यांक अनुसार विश्वमा संक्रमितको संख्या २ करोड ४० लाख बढी पुगेको छ भने १ करोड ६० लाख मानिस निको भइसकेका छन् । संक्रमितमध्ये ८ लाख ४२ हजार ४०० जनाको मृत्यु भइसकेको छ ।
तपाईँको अभिमत