वीर अस्पतालका थप एक डाक्टरलाई कोरोना
अ +
अ -
काठमाडौं । वीर अस्पतालका अर्का एक डाक्टरलाई कोरोना भाइरस रोग (कोभिड–१९) पुष्टि भएको छ । अस्पतालका निर्देशक डा.केदार सेञ्चुरीका अनुसार रेडियोलोजी विभागका एक डाक्टरलाई कोरोना पोजेटिभ भएको हो ।
उहाँले अस्पतालकै एक ड्राइभरलाई पनि कोरोना पुष्टि भएको जानकारी दिनुभयो । हालसम्म वीर अस्पतालमा कार्यरत ३ डाक्टर,एक ड्राइभर र ३ जना बिरामीलाई कोरोना संक्रमण भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत