कोरोना उपचारमा संलग्न २ डाक्टरसहित २० जनालाई कोरोना

फाइल तस्बिर
अ +
अ -
बाँके । नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत २ डाक्टरसहित बाँकेमा थप १५ जनामा कोरोना भाइरस रोग (कोभिड–१९) पुष्टि भएको छ । भेरी अस्पतालका अनुसार आइतबार साँझदेखि सोमबार मध्यान्ह १२ बजेसम्म बाँकेका १५, कैलालीका २, दाङ १, बर्दियाका १ र सल्यानका १ जना गरि २० जनालाई कोरोना पुष्टि भएको छ ।
नेपालगञ्ज ६ र १३ बाँकेका २५ र ३४ वर्षका चिकित्सकलाई कोरोना पोेजेटिभ देखिएको हो । यसअघि नेपालगञ्ज मेडिकल कलेजकै एक जना चिकित्सकमा कोरोना पुष्टि भएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत