कोरोनाको उपचार खटिरहेका डाक्टरहरुमाथि दुर्व्यवहार
दोषीलाई हदैसम्मको कारबाही गर्न माग
वीरगञ्ज । कोरोनाबाट अतिप्रभावित प्रदेश २ को वीरगञ्जका डाक्टरहरुमाथि दुर्व्यवहार भएको छ । स्रोत र साधनको अभावका बाबजुत कोरोनाको उपचार र संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अहोरात्र खटिरहेका नारायणी अस्पतालका डाक्टरहरुमाथि स्थानियले दुर्व्यहार गरेका हुन् ।
यसैबीच घटनाको विरोध गर्दै नेपाल चिकित्सक संघ नारायणीले चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल घट्ने खालका कुनै पनि गतिविधि नगर्न सबैलाई अपिल गरेको छ । आइतबार भएको प्रदर्शन र तोडफोडको घटनापछि संघका नारायणी अस्पताल शाखा सचिव डा. उदय कुमार सिंहले विज्ञप्ती निकालेर अप्ठेरो परिस्थितिमा संयम हुन सबैलाई आग्रह गर्नुभएको छ ।
दोषीलाई पक्राउ गरी अबिलम्ब कानुन बमोजिमको हदैसम्म कारबाही गर्न संघ सम्बन्धित निकायसँग जोडदार माग गर्दछ । साथै नारायणी अस्पतालमा भएको यस्तो दुःखद घटना अन्य कुनै स्वास्थ्य सेवा प्रदायकमा नदोहोरियोस् भन्ने सुरक्षाको प्रत्याभूति गराउन नेपाल चिकिसक संघ स्थानीय प्रशासनसँग आग्रह गर्दछ,’ घटनाको निन्दा र भत्र्सना गर्दैै विज्ञप्तीमा लेखिएको छ ।
कोरोना बाहेकका विरामीले उपचार नपाएको भन्दै वीरगञ्ज–२ छपकैया क्षेत्रका स्थानीयले नारायणी अस्पतालमा प्रदर्शन गरेका थिए । प्रर्दशनका क्रममा अस्पतालको विभिन्न विभागको भौतिक संरचनाहरुमा, स्यानिटाइजेसन र स्वाब कलेक्सन बुथमा क्षति पुगेको छ ।
नारायणी अस्पतालका चिकित्सक, नर्स, परामेडिक्स,स्वीपर लगायत ४५ जनालाई कोरोना पुष्टि भइसकेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत