थापाथलिस्थित प्रसुती अस्पतालमा एम.आर.आई मेशिन नहुँदा हजारौं बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने बाध्यता

फोटो : जगन्नाथ ढकाल
अ +
अ -
काठमाडौं । परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा एम.आर.आई मेशिन नहुँदा त्यहाँ आएका बिरामीलाई उपचारका लागि अन्यत्र पठाउनुपर्ने बाध्यता रहेको छ । महालेखा परीक्षकको कार्यालयको ५७ औं वार्षिक प्रतिवेदन २०७७ अनुसार प्रसुती अस्पतालमा एम.आर.आई मेशिन नहुँदा गत वर्ष ४ हजार २ सय बिरामीलाई अन्यत्र रिफर गर्नुपर्यो ।
यस्तै अस्पतालमा कम क्षमताको एउटा मात्रै अल्ट्रासाउण्ड मेशिन रहेकोले रोगको निदान कठिन भइरहेको छ । आवश्यकताभन्दा कम मेशिन हुँदा बिरामीलाई ३/४ घण्टासम्म पालो कुर्नुपर्ने अवस्था रहेको छ । यस अस्पताल विश्वमा धेरै सुत्केरी हुने अस्पतालमध्ये पाँचौँमा पर्दछ । विगत ३ वर्षयता २० हजारभन्दा बढीले यस अस्पतालबाट प्रसुती सेवा लिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत