कोलेस्टोरोलविरुद्धको औषधिले कोरोना भाइरसलाई ५ दिनमै निस्तेज पार्ने
जेरुसेलम । कोराना भाइरसका (कोभिड–१९) रोगका लागि भनेर विश्वभर अहिले कुनै औषधि पत्ता लागेको छैन यस कारण कोरोना संक्रमित बिरामीमा देखिएका लक्षणका आधारमा चिकित्सकहरुले उनीहरुको उपचार गर्ने गरेका छन्।
यसैबीच इजरायलका वैज्ञानिकहरुले कोलेस्टोरोल विरुद्ध प्रयोग गर्ने औधषि कोरोना भाइरस बिरामीका लागि प्रयोग गर्दा भाइरसको प्रभाव तुरुन्तै कम भएर जाने दावी गरेका छन् । इजरायलको हिब्रु विश्वविद्यालय र माउन्ट सिनाइ मेडिकल सेन्टरका वैज्ञानिकहरुले एक अनुसन्धानबाट यस्तो निष्कर्ष निकालेको दावी गरिएको छ ।
रक्त कोषहरुमा रहेकाे अध्याधिक बोसोका मात्रालाई कम गर्न प्रयोग गरिने यस औषधिले संक्रमितको रक्तकोषिकामा कोरोना भाइरसले पार्ने प्रभावलाई पनि कम गर्ने खोजकर्ता वैज्ञानिकहरुको दावी छ । हिब्रु विश्वविद्यालयका प्रोफेसर याकोव नाहमियास र मान्उन्ट सिनाई मेडिकल सेन्टरका डाक्टर बेन्जामिन टेनोभरको अगुवाइमा तीन महिना लगाएर अनुसन्धान गरिएको बताइएको छ । जसमा दावी गरिएको छ की ‘कोरोना संक्रमणबाट फोक्सोमा बोसो जमेर बस्न सक्छ । कोलेस्टोरोल विरुद्धको औषधीको प्रयोगबाट फोक्सोमा जमेको बोसो हट्ने र कोरोना भाइरसको प्रभाव पनि घटेर बिरामी सामान्य अवस्थामा फर्कनेछन् ।’
विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ की ‘हामीहरु जुन निष्कर्षमा पुग्यौं, यसको पुष्टि डायग्नोस्टिक शोधमा पनि हुनसक्छ । यस तरिकाको उपचारबाट कोरोनाको जोखिम कम हुने र कोरोना संक्रमण एक सामान्य रुघाखोकीको रुपमा बदलिने छ ।’
प्रोफेसर नाहमियासको नेतृत्वको टोलीले ३ महिना लगाएर गरेको शोधमा यो निष्कर्ष निकालिएको निष्कर्ष अनुसार कोराना भाइरस फोक्सोमा प्रवेश गरिसकेपछि नयाँ भाइरस उत्पादन हुनका लागि फोक्सोका कोषिकाहरुमा बोसोको संचय भएको हुनुपर्नेछ । यो औषधिले फोक्सो जम्मा भएको बोसोलाई पगाल्ने भएकाले त्यहाँ भाइरस पकड जमाउन असक्षम हुने दावी शोधकर्ता वैज्ञानिकको छ ।
सार्स–कोभ–२(कोरोना भाइरसको वैज्ञानिक नाम)ले कसरी हाम्रो शरीरमा हुने रासायनिक प्रतिक्रियालाई नियन्त्रण गर्दछ र यसबाट नियन्त्रणमुक्त भइ सामान्य अवस्थामा कसरी फर्काउन सकिन्छ भन्ने कुरा मुख्य रहेको शोधमा भनिएको छ ।
मधुमेह नभए पनि उच्च ब्लडसुगर र कोलेस्टोरोलको मात्रा धेरै भएकाहरुका लागि कोभिड–१९ संक्रमण ज्यादै जोखिम रहेको यस शोधकर्ताको निष्कर्ष छ । कोरोना भाइरस संक्रमितको फोक्सोबाट लिइएका नमूनामा कोलेस्टोरोल विरुद्धको औषधि प्रगोग गर्दा ५ दिनमा पूर्णरुपमा भाइरस नष्ट गर्न सक्षम भएको शोधकर्ताहरुको दाबी छ ।
आफूहरुको यस शोधले कोरोना भाइरसको बोझबाट थलिएको विश्वलाई राहत पुग्ने आशा गरेको शोधकर्ता डा. टेनोभर बताउँछन् । एजेन्सी
हेल्थपाटी
तपाईँको अभिमत