कान्ति बाल अस्पतालमा उपचाररत १३ महिने शिशुमा कोरोना
काठमाडौं । कान्ति बाल अस्पतालमा उपचाररत १३ महिने शिशुमा कोरोना भाइरस रोग (कोभिड –१९) संक्रमण भएको छ । गत आइतबार उपचारका उदयपुरबाट ल्याइएका शिशुमा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टिपछि शिशुलाई हिजै बलम्बुस्थित युनिफाइड अस्पतालमा पठाइएको छ ।
अस्पतालका निर्देशक डा. कृष्णप्रसाद पौडेलले कान्ति अस्पतालमा पहिलो पटक संक्रमण देखिएको जानकारी दिनुभयो । रगतमा कमी हुनुका साथै ज्वरोको समस्यासहित अस्पताल भर्ना भएका शिशुको सोमबार कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरेकोमा शुक्रबार रिपोर्ट पोजेटिभ आएको उहाँले बताउनुभयो । आइसोलेसनमा रहेका अरु ४ बालबालिकाको रिपोर्ट आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।
उहाँले अस्पतालमा छुट्टै आइसोलेसन वार्डको व्यवस्था रहेकाले अस्पताल सिल नहुने र कुनैपनि सेवा अवरुद्ध नहुने बताउनुभयो । आइसोलेसन वार्डमा शिशुको उपचारमा संलग्न चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुको पीसीआर परीक्षण गर्ने तयारी भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत