निजी अस्पताललाई कोरोना परीक्षण अनुमति, स्टार पहिलो
काठमाडौं । ललितपुरको सानेपास्थित स्टार अस्पताल पब्लिक लिमिटेडले पीसीआर परीक्षणको अनुमति पाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अनुगमन गर्दा प्रयोगशाला मापदण्ड अनुसार रहेकाले कोमिड – १९ को मोनिक्युलर परीक्षणको अनुमति दिने सम्बन्धी निर्देशिका अनुसार परीक्षणका लागि आफुलाई अनुमति दिएको अस्पतालले जानकारी दिएको छ ।
दिनको १ हजार नमुना परीक्षण गर्न सक्ने क्षमता रहेको अस्पताल पहिलो पीसीआर परीक्षण गने निजी अस्पताल बनेको छ । अनुमति पछि सरकारले संकलन गरेको स्वाबको परीक्षण गर्न पाउनेछ । स्वाब परीक्षण गरे बापत्को पैसा सरकारले व्यर्हाेने छ ।
स्टार अस्पतालमा रोटरी इन्टरनेशनलको सहयोगमा कोभिड ल्याबको स्थापना गरिएको छ । अस्पतालमा कोभिड ल्याबको छुट्टै भवन छ भने बायोसेफ्टी लेभल २ को ल्याब छ । साथै अस्पतालमा कोभिड अनुभवी प्रयोगशालाकर्मी रहेका छन् ।
तपाईँको अभिमत