स्वीकृतिबिना कोरोनाको औषधी सार्वजनिक गरेपछि रामदेवविरुद्ध मुद्दा
नयाँदिल्ली । भारत सरकारको स्वीकृतिबिना नै महामारी कोभिड–१९ को आयुर्वेदिक औषधी भन्दै सार्वजनिक गरेपछि योग गुरु रामदेवविरुद्ध मुद्दा दर्ता भएको छ । रामदेवसहित अन्य चार जनाविरुद्ध शनिबार जैपुरको ज्योतिनगर प्रहरी कार्यालयमा उजुरी (एफआरआई) दर्ता भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
मुद्दा रामदेवसहित पतन्जली आयुर्वेदका सीईओ आचार्य बालकृष्ण, वैज्ञानिक अनुराग भर्सने, बलवीर सिंह तमोर र अनुराग सिंह तमोरविरुद्ध दर्ता भएको हो ।
पतनञ्जली आयुर्वेदले मंगलबार कोभिड–१९ को उपचार हुन सक्ने भन्दै ‘कोरोनिल’ नामक आयुर्वेदिक औषधी सार्वजनिक गरेको थियो । आयुर्वेदिक औषधी उत्पादक कम्पनी पतन्जलीले उक्त औषधी कोरोनाका बिरामीमा परीक्षण गर्दा राम्रो काम गरेको दाबी गरेको थियो ।
उसले जैपुर नजिकै रहेको नेशनल इन्स्टिच्यूट अफ मेडिकल साइन्स एण्ड रिसर्च (निम्स)मा परीक्षण गरिएको बताएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत