कोरोना संक्रमितको संख्या १ करोड नजिक, विश्वभर अक्सिजनको अभाव
काठमाडौं । कोरोना भाइरस रोग(कोभिड १९)का बिरामीहरु बढ्दै गइरहेको सन्दर्भमा उनीहरुको उपचारमा आवश्यक पर्ने अक्सिजनको अभाव भएको छ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा.अधानोम टेड्रोसले विश्वभर कोरोना संक्रमित बढिरहेको तर अक्सिजन दिने मेशिनको अभाव रहेको बताउनुभएको छ । एक प्रेस वार्तामा उहाँले कयौं देशहरु अक्सिजन दिन मेशिनको अभाव झेलिरहेको बताउनुभयो ।
हालसम्म ९३ लाख मानिसमा कोरोना संक्रमणको पुष्टि भइसकेको र ४ लाख ८० हजार संक्रमितको मृत्यु भइसकेको छ, हरेक हप्ता नयाँ १० लाख संक्रमित थपिरहेका छन् टेड्रोसले भन्नुभयो अहिले दैनिक संक्रमितहरुका लागि ८८ हजार ठुला खालका अक्सिजन सिलिण्डर मार्फत ६ लाख २० हजार क्यूबिक मीटर अक्सिजनको आवश्यक पर्छ तर अहिले अक्सिजनको अभाव भइरहेको छ ।
अचानक संक्रमितको संख्या बढ्नाले अक्सिजनको कमी हुन थालेको उहाँको भनाई छ । विश्व स्वास्थ्य संगठनले हालसम्म १४ हजार अक्सिजन मेशिन खरिद गरिसकेको र यसै साता यी मेशिन १ सय २० वटा राष्ट्रमा पठाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । प्रेस वार्तामा आपत्कालिन विभाग प्रमुख डा. माइक रियानले ल्याटिन अमेरिकामा महामारी बढिरहेको बताउँदै कतिपय देशमा पछिल्लो सातादेखि २५ देखि ५० प्रतिशत संक्रमित बढेको जानकारी दिनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत