तिम्ल्याहा नवजात शिशुलाई कोरोना पुष्टि, एकलाई स्वास्प्रस्वासमा समस्या

सांकेतिक तस्बिर
अ +
अ -
काठमाडौं । मेक्सिकोमा जन्मिएका तिम्ल्याहा शिशुमा कोरोना भाइरस रोग (कोभिड १९)को पुष्टि भएको छ । शिशु जन्मिएको एक घण्टामा नै स्वाब संकलन गरि परीक्षण गर्दा तीनै नवजात शिशुलाई काेराेना पुष्टि भएको थियो । तीनै शिशुको कोरोना संक्रमितसंग सम्पर्क भएको थिएन ।
बैज्ञानिकहरुले यो घटनापछि संक्रमित आमाबाट पनि शिशुमा संक्रमण भएको हो या होइन भन्ने सम्बन्धमा अनुसन्धान गर्न मद्धत पुग्ने बताएका छन् । बैज्ञानिकहरुले के अनुमान गरेका छन् भने शिशुका आमाबुवालाई कोरोना संक्रमण भएको थियो तर उनीहरुमा लक्षण नदेखिएकाले आमाबावुले आफुहरुलाई संक्रमण भएको पत्तो नै पाएनन् ।
तीन शिशुमध्ये एकजनालाई सास फेर्न कठिनाइ भएकाले थप उपचार भइरहेको छ । एजेन्सी ।
हेल्थपाटी
तपाईँको अभिमत