कोरोना उपचारमा के भन्छ विश्व स्वास्थ्य संगठन ? के गर्दैछ नेपाल ?
विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले आइसोलेसनमा रहेका कोरोना संक्रमितको डिस्चार्ज गर्ने सम्बन्धमा अन्तरिम निर्देशिका जारी गरेको छ । डब्ल्यूएचओले कोरोना भाइरसबारे पछिल्लो अध्ययन अनुसन्धानबाट पत्ता लागेका तथ्यका आधारमा मे २७ मा निर्देशिका जारी गरेको हो । हालै गरिएको अनुसन्धानले के देखाएको छ भने संक्रमितमा लक्षण नदेखिए वा देखिएर हराएपछि पनि हप्तौंसम्म उसको शरीरमा भााइरस रहिरहन सक्छ तर त्यस्ता बिरामीबाट अर्काे व्यक्तिमा संक्रमण भने हुदैन ।
त्यसैले डब्ल्यूएचओले पछिल्ला अध्ययन अनुसन्धानका आधारमा संक्रमितलाई आइसोलेसनबाट डिस्चार्ज गर्ने सम्बन्धमा प्रारम्भिक मापदण्डलाई परिमार्जन गर्दै बैज्ञानिक आधारमा पुनः नयाँ अन्तरिम मापदण्ड जारी गरेको छ । लक्षण देखिएर संक्रमण पुष्टि भएका र लक्षण नदेखिइ पोजेटिभ पुष्टि भएका दुबै खाले बिरामीलाई कसरी आइसोलेसनबाट डिस्चार्ज गर्ने भनेर मापदण्ड बनाएको छ । सोही मापदण्ड अनुसार नै अघि बढ्न प्रभावित सबै राष्ट्रलाई डब्ल्यूएचओले सुझाएको छ ।
जनवरी १२ मा प्रकाशित भएको प्रारम्भिक मापदण्डमा कम्तिमा २ पटक क्लिनिकल पीसीआर परीक्षणमा नेगेटिभ आएपछि मात्रै आइसोलेसनबाट डिस्चार्ज गर्नुपर्ने भनिएको थियो । त्यसमा प्रत्येक २४ घण्टाको फरकमा गरिएको २ वटा क्लिनिकल परीक्षणमा कोरोना नेगेटिभ हुनुपर्दथ्यो । त्यतिबेला संक्रमणको सुरुवाती अवस्था भएको र भाइरसको सक्रियताका सम्बन्धमा अध्ययन अनुसन्धान चलिरहेकाले संक्रमण अन्य व्यक्तिमा नफैलियोस भनेर कम्तिमा २ पटकको रिपोर्ट नेगेटिभ हुनपर्ने प्रमाणित हुनैपथ्र्याे ।
नयाँ मापदण्ड अनुसार संक्रमितलाई आइसोलेसनबाट डिस्चार्ज गर्दा पहिलाको जसरी पुनः पीसीआर परीक्षण गर्न पर्दैन यद्यपी राष्ट्रहरुले संक्रमितलाई पुन ः पीसीआर परिक्षण गराउन चाहेमा भने त्योपनि गर्न पाउनेछन् ।
लक्षण देखिएका बिरामीको हकमा लक्षण हराएको १० दिनपछिको थप ३ दिन गरि १३ औं दिनमा आइसोलेसनबाट डिस्चार्ज गर्न सकिनेछ । यसरी डिस्चार्ज गर्दा बिरामीमा ज्वरो र स्वास्प्रस्वाँसको समस्या पूर्ण रुपमा निवारण भएको हुनुपर्नेछ ।
लक्षण नदेखि संक्रमण पुष्टि भएका बिरामीलाई भने पोजेटिभ पुष्टि भएको १० दिनपछि डिस्चार्ज गर्न सकिनेछ ।
किन परीक्षणको मापदण्ड परिमार्जन गर्न पर्यो ?
विश्वभरका विज्ञ तथा डब्ल्यूएचओको सदस्य राष्ट्रसँगको परामर्शमा २४ घण्टाको अन्तरालमा कम्तिमा २ पटक पीसीआर परीक्षण गर्न विशेषगरि अस्तपाल बाहिरका स्थानमा प्रयोगशालाको सिमितता तथा मेडिकल सामग्री, पीपीईको उपलब्धतामा हुने कठिनाईले निकै गाह्रो हुने प्रतिक्रिया आयो । समुदायमा संक्रमण फैलिएको अवस्थामा प्रारम्भिक मापदण्ड अनुसार अघि बढ्न थुप्रै चुनौतीहरु देखिए ।
१.लक्षण मुक्त भइसकेपछि पनि संक्रमितहरुलाई लामो समयसम्म आइसोलेसनमा राख्दा व्यक्तिगत गुणस्तरीय जीवन–यापन, समुदाय र स्वास्थ्य हेरचाहमा असर पुग्ने देखियो ।
२.प्रारम्भिक मापदण्ड अनुसार डिस्चार्ज गर्ने बेलामा पनि पीसीआर परीक्षण गर्दा विश्वका धेरै राष्ट्रले परीक्षणलाई धान्न नसक्ने अवस्थामा पुगे ।
विश्व स्वास्थ्य संगठनले डिस्चार्ज सम्बन्धमा पछिल्लो पटकको मापदण्डले जोखिम र फाइदालाई सन्तुलनमा राखेको बताएको छ । यद्यपी कुनै पनि जोखिम बिना व्यवहारिक रुपमा कुनै मापदण्डको कार्यान्वयन गर्न सकिदैन भन्ने यसको भनाइ छ ।
संक्रमणको वर्तमान अवस्था
१.कोरोना परीक्षण पश्चात रिपोर्ट पोजेटिभ आउदैमा सो व्यक्तिले अर्काेमा सारिहाल्छ भन्न छैन ।
२.भाइरस पुनः सक्रिय हुने अवस्थाले मात्रै एक व्यक्तिबाट अर्काेमा सार्छ कि सार्दैन भन्ने निक्र्यौल गर्दछ ।
३.पीसीआर परीक्षणमा पोजेटिभ आउनु र भाइरस एक व्यक्तिबाट अर्काेमा सर्नु फरक –फरक विषय हुन् ।
४.कोरोना पोजेटिभ देखिएका सबै संक्रमित हुन् तर सबै संक्रमितले कोरोना सार्न सक्छ भन्ने होइन ।
५.कोरोना भाइरसको आरएनए संक्रमितको दिशामा पनि पाइएको छ ।
६.गम्भिर प्रकृतिका बिरामीमा भाइरस लामो समयसम्म रहिरहन सक्छ ।
७.मिर्गौला प्रत्यारोपण गरिएका केही बिरामीमा भाइरस लामो समयसम्म रहेको पाइएको छ ।
के गर्दैछ नेपाल ?
नेपालले पनि पछिल्लो समय पीसीआर परीक्षण नगरी लक्षणका आधारमा आइसोलेसनबाट डिस्चार्ज गरिरहेको छ ।
तपाईँको अभिमत