नेपालमा कोरोनाका कारण १८ जनाको मृत्यु
तीन जिल्लामा थपिए ४२ संक्रमित
काठमाडौं । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा तीन जिल्लाका थप ४२ जनालाई कोरोना भाइरस रोगको पुष्टि भएको छ । जसमा ३ महिला र ३९ जना पुरुष रहेका छन् । अस्पतालले दिउसो १ बजे गरेको अद्यावद्यिक विवरण अनुसार बाँकेका १८ पुरुष र १ महिला तथा रोल्पाका १६ पुरुष र एक महिलालाई कोरोना पुष्टि भएको छ । ४ पुरुष र २ महिलालाई कोरोना पोजेटिभ देखिएको छ ।
यस्तै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ । बीरगञ्जमा मृत्यु भएका दुई जनालाई कोरोना पुष्टि भएको छ । बारा निजगढ ६ का ५ वर्षका बालकको शुक्रबार वीरगञ्जस्थित हेल्थकियर सेन्टरमा उपचारका क्रममा मृत्यु भएको थियो । बालकलाई निमोनियको लक्षण देखिएपछि कोरोना परीक्षणका लागि स्वाब निकालिएकोमा रिपोर्ट आउनु अगावै मृत्यु भएको बालकको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिनुभयो ।
यस्तै जेठ २८ गते वीरगञ्जको घण्टाघर नजिकै वेवारिसे अवस्थामा मृत भेटिएका अन्दाजी २५ वर्षका पुरुषको पोष्टमार्टम अघि कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको उपाध्यायले बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत