नेपालमा पहिलो पटक नवजात शिशुमा कोरोना पुष्टि
क्वारेन्टिनमा जन्मिएका ४ दिने शिशुमा कोरोना
अ +
अ -
काठमाडौं । नेपालमा पहिलो पटक नवजात शिशुमा कोरोना भाइरस रोग (कोभिड १९) को पुष्टि भएको छ । बाजुराको बुढीगंगा नगरपालिकामा ४ दिने शिशुमा कोरोना संक्रमण पुष्टि भएको सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख डा. गुणराज अवस्थीले जानकारी दिनुभयो ।
उहाँका अनुसार शिशु धुरालसैन माविको स्थानीय क्वारेन्टिनमा जेठ १५ गते शिशु जन्मिएको थियो । नेपालमा संक्रमण पुष्टि भएको शिशु अहिलेसम्मकै सबैभन्दा कम उमेरको रहेको छ । सोही क्वारेन्टिनमा केही दिन अगाडि दुई बर्षकी बालिकाको मृत्यु भएको थियो र उनीमा पनि कोरोना पुष्टि भएको थियो ।
बाजुरा बुढीगंगामा ती नवजात शिशुसहित १७ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको अवस्थीले बताउनुभयो । यो संगै सुदूरपश्चिममा संक्रमितको संख्या १९१ पुगेको छ ।
तुलसा घिमिरे
तपाईँको अभिमत