आफ्नाे भनाइबाट पछि हट्यो विश्व स्वास्थ्य संगठन
लक्षणविहिन संक्रमितबाट कोरोना सर्दैन भन्ने...
काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ) लक्षणविहिन संक्रमितबाट कोरोना सर्दैन भन्ने आफ्नै भनाइबाट पछि हटेको छ । डब्ल्यूएचओले बिभिन्न अध्ययनले ४० प्रतिशत व्यक्तिमा लक्षण नदेखिएका संक्रमितबाट काेराेना संक्रमण फैलिएकाे स्पष्ट पारेको छ ।
डब्ल्यूएचओको आपत्कालिन रोग तथा जुनोसिस यूनिटका प्रमुख डा. मारिया भान क्रेकोभले सुरुका दिनका आँकडाले संक्रमितमा कुनै लक्षण नदेखिएपनि कोरोना भाइरस एक व्यक्तिबाट अर्काेमा सर्ने देखिएको भएपनि लक्षण विहीन संक्रमितबाट भाइरस सरेको प्रमुख माध्यम र कारण नरहेको पाइएको बताउनुभएको थियो ।
संयुक्त राष्ट्रसंघको ब्रिफिङमा उहाँले आफुहरुलाई प्राप्त आँकडा अनुसार लक्षण विहिन संक्रमितबाट दोस्रो व्यक्तिमा भाइरस सरेको केस दुर्लभ रहेको बताउँदै विश्वभरका सरकारले लक्षण सहितका संक्रमितलाई आइसोसनमा राख्न र उनीहरुको कन्ट्याक्ट ट्रेसिङमा केन्द्रित हुनुपर्ने जानकारी गराउनुभएको थियो । एजेन्सी ।
हेल्थपाटी
तपाईँको अभिमत