धादिङकी संक्रमित गर्भवतीलाई प्रसुतीबाट पाटन अस्पताल सारियाे

अ +
अ -
काठमाडौं । थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा उपचाररत एक गर्भवतीलाई कोरोना भाइरस रोगको पुष्टि भएपछि कोरोना उपचारका लागि पाटन अस्पताल लगिएको छ । ६ दिन अघि अस्पताल भर्ना भएकी धादिङ सिद्धलेख २ की २२ वर्षकी ३८ हप्ते गर्भवतीलाई आज कोरोना संक्रमणको पुष्टि भएको थियो ।
६ दिन अगाडि ज्वरो आई अस्पताल भर्ना हुनुभएकी गर्भवतीलाई पिसावमा समेत संक्रमण देखिएको थियो । पछि घाँटी पनि दुख्न थालेको बताएपछि उनलाई कोरोनाको शंकामा पीसीआर परीक्षण गर्दा आज रिपोर्ट पोजेटिभ आएको थियो ।
तपाईँको अभिमत