प्रसुती अस्पताल थापाथलीमा उपचाररत गर्भवतीलाई कोरोना पुष्टि

फोटो : जगन्नाथ ढकाल
काठमाडौं । थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा उपचाररत एक गर्भवतीलाई कोरोना भाइरस रोगको पुष्टि भएको छ । अस्पतालका निर्देशक प्रा.डा जागेश्वर गौतमले धादिङकी ३८ हप्ते गर्भवतीलाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार संक्रमित महिला ६ दिन अगाडि ज्वरो आई अस्पताल भर्ना हुनुभएको थियो । परीक्षणका क्रममा ति महिलालाई पिसाबको पनि संक्रमण भएको पाइएको थियो । स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गर्न खोज्दा गर्भवतीले घाँटी पनि दुख्न थालेको बताएपछि कोरोनाको शंकामा पीसीआर परीक्षण गरिएको थियो आज संक्रमण पुष्टि भयो उहाँले भन्नुभयो ज्वरो आएको बिरामी भएकाले भर्ना भएदेखि नै हामीले पूर्ण सावधानी अपनाई उहाँलाई छुट्टै कक्षमा राखी उपचार गरेका थियौ ।
गर्भवतीको अवस्था सामान्य छ बेथा लागेको छैन, कोरोना अस्पतालमा पठाउनेकी भन्ने सल्लाह भइरहेको छ तर कोरोना अस्पतालमा प्रसुती सेवा नभएमा हामीनै सुत्केरी गराउन तयार छौ निर्देशक डा.गौतमले भन्नुभयो ।
गर्भवतीको सम्पर्कमा आएका चिकित्सक,नर्स लगायत स्वास्थ्यकर्मीको कन्ट्याक्ट ट्रेसिङ सुरु भइसकेको उहाँले बताउनुभयो ।
तुलसा घिमिरे
तपाईँको अभिमत