पीसीआर मेशिन सहित त्रिविका माईक्रोबायोलोजिष्ट कर्णालीमा
अ +
अ -
काठमाडौं,१२ बैशाख । कोरोना भाइरस रोगको परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न त्रिभुवन विश्व विद्यालयका चार माइक्रोबायोलिष्ट कर्णाली पुग्नुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुरोधमा त्रीबी माईक्रोवायोलोजि विभाग प्रमुख सह प्रा.डा.मेघराज बन्जाराको नेतृत्वमा सह प्रा.डा देवराज जोशी,अनिल शाह र बिराज लोहनी कर्णाली प्रदेशको राजधानी सुर्खेत पुग्नुभएको छ ।
उहाँहरु आरटि पीसीआर मेशिन सहित ल्याब सञ्चालन गर्न आवश्यक पर्ने सम्पूर्ण सामग्री सहित सुर्खेत जानुभएको हो । विभाग प्रमुख सह प्रा.डा.बन्जाराले कोरोना विरुद्धको लडाँइमा सहभागि हुन पाउदा आफुहरु निकै उत्साहित रहेको बताउनुभएको छ । उहाँले कोरोना परीक्षणका लागि माइक्रोबायोलोजिष्टहरुको भुमिका महत्वपुर्ण हुने बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत