नर्स र मिडवाइफ स्वास्थ्य प्रणालीको मेरुदण्ड हुन्

सांकेतिक तस्बिर
विभिन्न प्रश्न र भयका बीच नर्स तथा अन्य स्वास्थ्यकर्मीहरु अग्रपंक्तिमा रही कोभिड नाइन्टिनको बिरामीको सम्मानपूर्वक उपचार र हेरचाहमा खटिरहेको डब्ल्यूएचओ जनाएको छ ।
काठमाडौं, २५ चैत । आज अप्रिल ७ ,विश्व स्वास्थ्य दिवस । विश्व स्वास्थ्य संगठनको स्थापना दिवस पनि हो । विश्व स्वास्थ्य संगठनले विश्वलाई स्वस्थ राख्न नर्स, मिडवाइफ, स्वास्थ्यकर्मी तथा नेताहरुले खेलेको भूमिकाको सम्झनामा प्रत्येक वर्ष यो दिवस मनाउने गर्दछ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) यस वर्ष सबै स्वास्थ्यकर्मी, नर्स र मिडवाइफको अतुलनीय योगदानको कदर गर्दै कोरोना उपचार तथा संक्रमण रोकथाम र न्यूनीकरणमा केन्द्रित भएको छ ।
समुदायमा उठ्ने विभिन्न प्रश्न र भयका बीच नर्स तथा अन्य स्वास्थ्यकर्मीहरु अग्रपंक्तिमा रही कोभिड नाइन्टिनको बिरामीको सम्मानपूर्वक उपचार र हेरचाहमा खटिरहेको डब्ल्यूएचओ जनाएको छ । अन्तर्राष्ट्रिय नर्स तथा मिडवाइफ वर्ष २०२० चलिरहेको सन्दर्भमा डब्ल्यूएचओले विश्वमा नर्सको बर्तमान अवस्था र स्वास्थ्य सेवा प्रवाहमा उनीहरुको भूमिकाका बारेमा चर्चा गर्दै रिपोर्ट सार्वजनिक गर्दैछ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लक्ष्य प्राप्त गर्न विश्वव्यापी स्वास्थ्य समावेश, मातृशिशु स्वास्थ्य, सर्ने तथा नसर्ने रोग, मानसिक स्वास्थ्य ,आकस्मिक तयारी, विरामीको सुरक्षा र हेरचाह लगायतमा नर्सको अतुलनिय भूमिका रहेको हुन्छ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोसले नर्स र मिडवाइफ सबै स्वास्थ्य क्षेत्रको मेरुदण्ड रहेको बताउनुभएको छ । उनीहरु मानिसको जीवनको पहिलो पलदेखि अन्तिम क्षणसम्म सँगै रहन्छन् उहाँले भन्नुभयो ।
टेड्रोसले जेनेभामा भन्नुभयो, ज्यान जोखिममा राखी १८ महिनासम्म नर्स तथा स्वास्थ्यकर्मीहरु अहोरात्र नखेटेको भए इबोला प्रकोप नियन्त्रणको सम्भावना थिएन कंगोमा इबोलाको प्रकोप अन्त्यको नजिक रहेको भन्दै अब त्यहाँ इबोलाका नयाँ केस देखिएन भने आउँदो आइतबार कंगो सरकारले इबोला अन्त्यको घोषणा गर्नेछ ।
हेल्थपाटी
तपाईँको अभिमत