कोरोनाबारे जानकारी दिन स्वास्थ्य मन्त्रालयको वेबसाइट र एप्स सञ्चालनमा
काठमाडौँ, १६ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड(१९) नियन्त्रण तथा रोकथामको काम व्यवस्थित गर्न बनेको वेबसाइट सञ्चालनम आएको छ । मन्त्रालयले कोभिड डट एमओएचपी डट जिओेभी डट एनपी र हाम्रो covid19.moph.gov.np स्वास्थ्य मोबाइल एप सञ्चालनमा ल्याएको हो । आइतबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले वेबसाइट र एपको शुभारम्भ गर्नुभयो ।
मन्त्रालयले एपसँगै कोभिड १९ को सूचना प्राप्त गर्न सहज होस् भनेर सबैको पहुँचका लागि भाइबर कम्युनिटी पनि प्रयोगमा ल्याएको हो । शुभारम्भसँगै मन्त्री ढकालले कोरोना भाइरसबिरुद्ध लड्नका लागि उपलब्ध स्वास्थ्य सेवाहरुको अवस्था र विवरणका साथै कोरोनाबारे एकीकृत रूपमा सही जानकारी तथा सूचना उपलब्ध गराउन यस्तो व्यवस्था मिलाइएको जानकारी दिनुभयो । उहाँले सरकारले कोरोना विरूद्ध उच्च सतर्कताका साथै काम गरिरहेकोले नआत्तिन अनुरोध गर्नुभयो ।
उहाँले नयाँ वेबसाइट, मोबाइल एप र भाइबर क्म्युनिटीको उपयोग गरेर लाभ लिन सबैमा अनुरोध पनि गर्नुभयो । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको तत्काल जानकारी सहित सम्पूर्ण सूचनाहरु आम नागरिक माझ सहज रुपले पुर्याउने उद्देश्यका साथ मन्त्रालयले प्रोगेशसिभ इन्जिनियरिङ एशोसियसन नेपाल, नक्सा, सोच नेपाल, कोड फर कोर इनोभेसन, आइटी म्याप्ससँग समन्वय गरेर वेब एप्लिकेशन तयार पारेको हो ।
तत्कालका लागि covid19.moph.gov.np बाट मोबाइलमा एप्स डाउनलोड गरी हेर्न सकिनेछ । एमओएचपी नेपाल कोभिड moph nepal covid -19 मा गएर भाइबर कम्युनिटीमा जोडिन सकिन्छ । वेबसाइटमा हव अस्पताल, कोभिड १९ लक्षित अस्पताल र क्वारेन्टाइनको लोकेशन र अवस्थासहितको जानकारी पाइने छ । त्यस्तै आइसोलेसन बेडहरूको जानकारी समेत सबैले जहाँसुकैबाट हेर्न सक्नेछन । यसबाट कोरोनाका लक्षणहरू आफैँले मूल्यांकन गर्न समेत सकिने छ भने मूल्यांकनको नतिजा तत्कालै हेर्न सकिने छ ।
हेल्थपाटी
तपाईँको अभिमत