कोरोना भाइरस विरुद्द खोपको भयो पहिलो परीक्षण
काठमाडौं, ४ चैत । कोरोना भाइरस विरुद्द निर्माण गरिएको खोपको परीक्षण गरिएको छ । अमेरिकामा रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सोमबार सियोटोलकी ४३ वर्षकी जेनिफर हलरलाई पहिलो खोप दिइएको हो ।
दुई बच्चाहरुकी आमा हलरले आफूहरुले असहयोगको महसुस गरिरहेका थियौँ तर खोपको अवसर पाएपछि ठूलो राहत पाएको बताउनुभयो । उहाँलाई लगाइएको खोपको ६ हप्तासम्म परीक्षण गरिनेछ । खोप सुरक्षित रहेको पाइए प्रत्येकलाई एक महिनाभित्र खोपको दुई डोज दिइनेछ ।
खोप परिक्षण गराइने व्यक्तिहरु कोरोना संक्रमित होइनन् । खोपमा कोरोना भाइरसको कुनै अंश नभई मेसिन्जर आरएनएको सानो भाग रहेको बताइएको छ । बिरामीलाई भाइरसको संक्रमणबाट जोगाउन र रोगविरुद्द लड्न सक्ने बनाएर निको बनाउने वैज्ञानिकहरुले दाबी गरेका छन् ।
४५ जना युवा स्वयम्सेवकलाई खोपको परीक्षण गरिने योजना राखिएको छ । यो परीक्षणले पहिलो चरणमा खोपमा सहभागी हुनेको प्रतिरक्षा पद्धतिलाई बुझ्न कोसिस गर्ने वैज्ञानिकहरुले बताएका छन् । यो खोपबाट कोभिड नाइन्टिन संक्रमणलाई रोक्ने उद्देश्य लिइएको र यसका लागि खोप प्रभावकारी छ भन्ने प्रमाणित गर्न, अझ धेरै सहभागीहरु संलग्न गर्नुपर्ने विज्ञहरु बताउँछन् ।
एलर्जी तथा संक्रामक रोगको राष्ट्रिय संस्थानका निर्देशक डा.एन्थोनी फौसीले कोरोना भाइरसबाट जोगाउन एक सुरक्षित र प्रभावकारी खोप खोज्न सार्वजनिक स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले भन्नुभयो यो पहिलो चरणको परीक्षण हो बाँकीको लागि थप फलोअप गर्न आवश्यक पर्छ ।
एजेन्सी
हेल्थपाटी
तपाईँको अभिमत