बि एण्ड सी मेडिकल कलेजको फाइल अघि बढ्यो, कहिले पाउला सम्बन्धन !
काठमाडौं, २५ फागुन । सम्बन्धनको क्रममा रहेको झापास्थित वि एण्ड सी मेडिकल कलेज तथा शिक्षण अस्पतालको फाइललाई चिकित्सा शिक्षा आयोगले अध्ययन गरिरहेकोे छ । श्रोतका अनुसार चिकित्सा शिक्षा आयोगले सम्बन्धनको क्रममा रहेको वि एण्ड सी मेडिकल कलेज तथा शिक्षण अस्पतालको फाइललाई अध्ययन गरी सम्बन्धन दिने वा नदिने विषयमा निर्णय गर्ने बताएको छ ।
यसअघि चिकित्सा शिक्षा आयोगमा दर्ता भइसकेको वि एण्ड सी मेडिकल कलेजको फाइललाई आयोगको मापदण्ड तथा प्रत्यायन निर्देशनालयले अध्ययन गरिरहेको बुझिएको छ । आयोगको मापदण्ड तथा प्रत्यायन निर्देशनालयका निर्देशक डा. दिलीप शर्मा हुनुहुन्छ ।
झापाको प्रस्तावित वि एण्ड सी मेडिकल कलेज तथा शिक्षण अस्पतालको फाइल अध्ययनको क्रममा रहेको र अहिलेनै कति समय लाग्छ भन्न नसक्ने तर अध्यन सुरु भइकेकोले अब ढिलो चाँडो निकाश निस्कने श्रोतले जानकारी दियो।
वि एण्ड सी मेडिकल कलेज तथा शिक्षण अस्पतालले सम्बन्धन पाउने वा नपाउने विषयमा आयोगको मापदण्ड तथा प्रत्यायन निर्देशनालयले काम गरिरहेको जनाएको छ । कलेजको सम्पूर्ण प्रक्रिया तथा मापदण्ड पुगे नपुगेको अध्ययनकै क्रममा रहेको अवस्थामा केही प्रतिक्रिया दिनु उचित नहुने निर्देशनालय श्रोतले जनाएको छ । श्रोतले भन्यो, फाइललाई अध्ययन गरिरहेका छौं, मापदण्ड पूरा भएको अवस्थामा सम्बन्धन दिन सकिने छ ।
जगन्नाथ ढकाल
तपाईँको अभिमत