प्रधानमन्त्री ओलीको शल्यक्रिया सफल : मिर्गौलाले काम गर्न थाल्यो
काठमाडौ, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका लागि गिरएकाे शल्यक्रिया सफल भएको छ । प्रधानमन्त्रीको मिर्गौलाले काम गर्न थालिसकेको स्रोतले बताएको छ । अस्पतालमा प्रधानमन्त्री पत्नी राधिका शाक्य भर्खरै आउनुभएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकाल बिहान ७ बजेदेखि नै अस्पतालमा हुनुहुन्छ । त्यस्तै प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्न अस्पतालमा मन्त्री, उच्चपदस्थ व्यक्तित्वहरु अस्पताल पुग्ने क्रम जारी छ ।
अस्पतालमा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्न विद्यार्थी, सर्वसाधारणको भीड लागेको छ ।
त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण सफल भएको हो । प्रत्यारोपणमा संलग्न वरिष्ठ सर्जन डा. प्रेम ज्ञवालीले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल भएको बताउनुभयो । ओलीको पहिलो प्रत्यारोपण १३ वर्षअघि भारतको एपोलो अस्पतालमा भएको थियो । डा प्रेमले प्रधानमन्त्रीको मिर्गौलाले काम गर्न थालिसकेको जानकारी दिनुभयो।
हेल्थपाटी डटकम प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।
जगन्नाथ ढकाल
तपाईँको अभिमत