ब्रेकिङ न्यूज: क्वारेन्टाइनमा राखिएकालाई स्वास्थ्य राज्यमन्त्रीद्वारा विदाइ
केहीबेरमा घर पठाइने
भक्तपुर, १९ फागुन । चीनबाट उद्दार गरि भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको क्वारेन्टाइनमा राखिएका १ सय ७५ जनाको दोस्रो पटकको परीक्षणमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको छ । दुवै चरणमा पास भएपछि उनीहरुलाई घर पठाइने भएको छ । क्वारेन्टाइमा १७ दिनको बसाईमा उनीहरुलाई कुनै पनि स्वास्थ्य समस्या देखिएन ।
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार क्वारेन्टाइन अवधिभर २ पटक थ्रोट स्वाबको परीक्षण गर्नुपर्छ । दुवै पटकको परीक्षणमा उनीहरुमा कुनै पनि समस्या देखिएन । पहिलो चरणको परीक्षणका लागि क्वारेन्टाइनमा राखिएको २४ घण्टाभित्र गर्नुपर्ने मापदण्ड अनुसार उद्दार गरि ल्याइएकै दिन फागुन ४ गते नमुना संकलन गरिएको थियो । दोस्रो चरणको नमुना संकलन क्वारेन्टाइनमा राखिएको १४ दिन अर्थात् फागुन १७ गते नमुना संकलन गरिएको थियो ।
क्वारेन्टाइनमा ३ वर्ष र ८ महिनाको गरि २ जना बालबालिका सहित १ सय ७५ जना रहेका छन् ।
क्वारेन्टाइनमा १ सय ३४ जना पुरुष र ४१ जना महिला रहेका छन् । कोरोना भाइरस (कोभिड नाइन्टिन) अति प्रभावित चीनको युहानबाट विमान चार्टड मार्फत फागुन ४ गते आइतबार नेपाल ल्याइएको थियो । महामारी नियन्त्रणमा पहिलो पटक विदेशबाट उद्दार गरि ल्याइएको यो नेपालको इतिहासमै पहिलो हो ।
जगन्नाथ ढकाल
तपाईँको अभिमत