१८ सदस्यीय उद्दार टोलीको शनिबार स्वाब परीक्षण गरिने
काठमाडौं, ८ माघ । नेपालीको उद्दार गर्न चीन गएकाे १८ सदस्यीय टोलीको शनिबार स्वाब परीक्षण गरिने भएको छ ।
नगरकोटको खानेपानी संस्थानको भवनमा ५ दिनदेखि क्वारेन्टाइनमा रहेका उद्दार टोलीको फागुन १० गते नाक र घाँटीको भित्रको नमुना संकलन गरिने परराष्ट्र सचिव केदारबहादुर अधिकारीले जानकारी दिनुभयो ।
पर्यटन मन्त्री योगेश भट्टराईको नेतृत्वमा बिहीबार खानेपानी संस्थानको भवनको क्वारेन्टाइन पुग्नुभएका सचिव अधिकारीले उद्दार टोलीलाई भेट्ने क्रममा शनिबार स्वाब परीक्षणको समय तोकिएको जानकारी गराउनुभएको थियो । भेटका क्रममा उद्दार टोलीले आफूहरु १४ दिनसम्मै क्वारेन्टाइनमा बस्न चाहेको बताएका छन् । यसअघि उद्दार टोलीलाई ७ दिनमा नै क्वारेन्टाइनबाट बिदाई गरिने भनिएको थियो । उद्दार टोलीका सबै स्वस्थ छन् ।
तुलसा घिमिरे
तपाईँको अभिमत