पाकिस्तानमा भीषण बाढी, हालसम्म ३४० जनाको मृत्यु
पाकिस्तानको उत्तरी क्षेत्र बुनरमा वर्षापछि आएको बाढीका कारण ३४० जनाको मृत्यु भइसकेको छ । शनिबार अधिकारीहरूले दिएको जानकारी अनुसार भीषण भेलपानीका कारण यति धेरै सङ्ख्यामा मानिसको मृत्यु भएको हो ।
विभिन्न जिल्लामा, विशेष गरी बुनरमा, थप मानवीय क्षति भएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणले शनिबार जनाएको छ ।
यससँगै गिलगित–बाल्तिस्तान र जम्मु–कश्मीरमा मृत्यु हुनेको संख्या क्रमशः १२ र ९ पुगेको छ । बाढीका कारण जनधनको ठूलो क्षति भएको हो ।
विभिन्न जिल्लामा भीषण वर्षा र बादल फाटेर आएको भेलपानीका कारण एकैदिनमा २०० भन्दा बढी मानिसको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेमा राहत तथा उद्धार कार्यमा संलग्न प्रान्तीय सरकारको हेलिकोप्टर दुर्घटनामा परेका पाँच चालक दलका सदस्य पनि थिए, जसको दुर्घटना मोहम्मद जिल्लामा भएको हो ।
पछिल्ला ४८ घण्टामा मात्र २०४ जनाको मृत्यु भएको छ । साथै १२० जना घाइते भएका र करिब ५० जना अझै बेपत्ता रहेको उप–आयुक्त काशिफ कयूम खानको कार्यालयले जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत