भारतभरका चिकित्सक आन्दोलनमा, ‘इमर्जेन्सी’बाहेकका सबै सेवा बन्द
महिला चिकित्सकको सुरक्षा ग्यारेन्टी माग गर्दै भारतभरका चिकित्सकले ‘इमेर्जेन्सी’ बाहेकका सबै सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । पश्चिम बंगालको केरलास्थित आरजी कार मेडिकल कलेजमा आवासीय चिकित्सक रहेकी ३१ वर्षीय डाक्टरको ‘बलात्कारपछि हत्या’भएको विरोधमा चिकित्सकले आन्दोलन गरेका हुन् ।
यसअघि पश्चिम बंगाल राज्यका अस्पतालमा सहकर्मी मारिएको विरुद्ध चिकित्सकले आन्दोलन गर्दै आएका थिए । बीबीसीका अनुसार शनिबार भने मुलुकभरका अस्पतालमा ‘इमेर्जेन्सी’ बाहेकका सेवा बन्द गरी चिकित्सक आन्दोलनमा उत्रिएका हुन् । भारतका चिकित्सकहरूको सबभन्दा ठूलो संस्था इन्डियन मेडिकल एसोसिएसन (आईएमए)ले २४ घण्टासम्म इमेर्जेन्सी बाहेकका सेवा बन्द गर्ने जनाएको छ ।
‘गत साता बर्बरतापूर्ण तरिकाले महिला चिकित्सकको हत्या’ गरिएको भन्दै एसोसिएसनले महिला तथा महिला चिकित्सकको सुरक्षाको प्रत्याभूति माग गरेको छ ।
आन्दोलनमा रहेका चिकित्सकले अस्पतालमा 'महिलाका लागि सुरक्षा व्यवस्था राम्रो नभएकै कारण' सहकर्मीको हत्या भएको जनाएका छन् ।
गत शुक्रबार कलकताको आरजी कार मेडिकल कलेजकी ३१ वर्षीय आवासीय डाक्टर अस्पतालकै इमर्जेन्सीको सेमिनार हलमा शव भेटिएको थियो । उनको बलात्कारपछि हत्या गरिएको बताइएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत