आज बेलुकी ५ बजेसम्म देशभर निषेधाज्ञा, भोलि बिहानसम्म कर्फ्यू
अ +
अ -
बुधबार बेलुकी ५ बजेसम्म देशभर निषेधाज्ञा जारी भएको छ । नेपाली सेनाले सूचना जारी गर्दै बेलुकी ५ बजेसम्म निषेधाज्ञा गरिएको जानकारी दिएको हो ।
निषेधाज्ञा अवधिभर अत्यावश्यकका सवारीसाधनबाहेक सम्पूर्ण सवारी साधन चल्ने छैनन् । सूचनाअनुसार एम्बुलेन्स, शव बाहन, स्वास्थ्यका सवारी साधन र सुरक्षा निकायका सवारी साधन चल्न सक्नेछन् ।
सोमबार जेन जीले आह्वान गरेको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि मंगलबार सिंहदरबार, संसद भवनसहित सार्वजनिक तथा निजी सम्पत्तिमा आगाजनी भएपछि सेनाले राति १० बजेबाट सुरक्षाको जिम्मा लिएको हो ।
हेल्थपाटी
तपाईँको अभिमत