आजको मौसम : ५ प्रदेशमा चट्याङ, हावाहुरीसहित पानी पर्ने
आज पनि देशका विभिन्न भागमा चट्याङ पर्ने, हावाहुरी चल्ने र पानी पर्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव छ ।
अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही गण्दकी, बागमती र सुदूर पश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधारण बदली रहने छ । देशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङ साथै हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
तराईका थोरै स्थानमा मेघगर्जन तथा चट्याङ्सहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा साथै बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ्, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
तपाईँको अभिमत