सरकारले विपदबाट उद्दार गरिएका घाइतेहरुको निःशुल्क उपचार गर्ने
आकस्मिक सेवा २४ सै घण्टा उपलब्ध गराउन निर्देशन
सरकारले विपदबाट उद्दार गरिएका घाइते बिरामीहरुको निःशुल्क उपचार गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर सबै स्वास्थ्य संस्थाहरूलाई विपदबाट उद्दार गरिएका घाइते बिरामीहरुको निःशुल्क उपचार गर्न निर्देशन दिएको छ । साथै स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा र जनशक्तिलाई २४ सै घण्टा उपलब्ध हुनेगरी व्यवस्था मिलाउन भनिएको छ ।
सबै प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रहरूले आपतकालीन अवस्थामा स्वास्थ्य सम्बन्धी समस्याको बारेमा जानकारी प्रदान गर्नका लागि हटलाईन नम्वर सार्वजनिक गर्न भनिएको छ ।
प्रदेश, जिल्ला र स्थानीयतहका द्रुत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राख्न, प्राकृतिक विपद्का बेला पानी प्रदुषित भई निम्त्याउन सक्ने पानीजन्य रोगहरू ९जस्तै झाडापखाला, हैजा आदि तथा कीटजन्य रोगहरू डेंगी, मलेरिया आदि बढ्न सक्ने हुनाले सबै सरोकारवालाले सोको बारेमा सतर्कता अपनाउनुहुन र लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले अपील गरेको छ ।
प्रादेशिक स्वास्थ्य आपतकालीन केन्द्रहरूले हव तथा स्याटेलाइट अस्पतालहरूसँग समन्वय गरी आकस्मिक चिकित्सिकीय समूहहरूलाई तयारी अवस्था राख्न, हब तथा स्याटेलाइट अस्पताल संजालहरूले अस्पताल विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार प्रतिकार्य गर्न गराउन, प्रादेशिक स्वास्थ्य आपतकालीन केन्द्रहरूले स्वास्थ्यका साझेदार निकायहरू सँग समन्वय गर्न र श्रोत साधनहरूको अध्यावधि गराउन मन्त्रालयले भनेको छ ।
केहि दिन देखि नेपालको अधिकांश क्षेत्रमा मौसममा बदलाव आई मेघ गर्जन र र हावाहुरी सहितको वर्षाका कारणले निम्ताएको प्राकृतिक प्रकोपले जनजीवन अस्तव्यस्त भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत