ट्रान्स फ्याट उन्मूलनमा प्रगति गरेका ५ देश डब्लुएचओद्वारा सम्मानित
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले औद्योगिक रूपमा उत्पादित ट्रान्स फ्याट(एसिडहरू उन्मूलनमा प्रगति गरेका ५ वटा देशहरुलाई प्रमाणपत्रसहित सम्मान गरेको छ ।
ट्रान्स फ्याट उत्पादन र उपभोगको मात्रा घटाउन राम्रो प्रयास गर्ने यी देशहरूमा डेनमार्क, लिथुआनिया, पोल्याण्ड, साउदी अरब र थाइल्याण्ड रहेका छन् ।
यी देशहरुले औद्योगिक रूपमा उत्पादित ट्रान्स फ्याटी एसिड उन्मूलनको लागि प्रभावकारी अनुगमन र प्रवर्तन प्रणालीहरूद्वारा समर्थित उत्कृष्ट अभ्यास नीति अवलम्बन गरेको डब्लुएचओको भनाइ छ ।
डब्लूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले ट्रान्स फ्याटको कुनै ज्ञात स्वास्थ्य लाभ नरहेको यसबाट ठूलो स्वास्थ्य जोखिम रहेको बताउँदै खानामा ट्रान्स फ्याटलाई प्रतिबन्ध वा सीमित गर्ने नीतिहरू ल्याएकोमा प्रशंसा गर्नुभयो ।
हाल जम्मा ५३ देशहरूमा खानामा, ठूलो मात्रामा उत्पादन हुने ट्रान्सफ्याट सँग जुध्न सर्वोत्तम व्यवहारिक नीति हरू छन् । यी देशहरूमा विश्वको जनसङ्ख्याको ४६ प्रतिशत अर्थात् ३ अर्ब ७० करोड मानिस रहेका छन् । पाँच वर्षअघि यो अंश ६ प्रतिशत मात्र थियो । यी नीतिहरूले प्रति वर्ष लगभग १ लाख ८३ हजार जीवन बचाउने अपेक्षा गरिएको छ।
डब्लुएचओले सन २०१८ मा सन २०२३ को अन्त्यसम्म आईटीएफए लाई विश्वव्यापी खाद्य आपूर्तिबाट पूर्णतया हटाउने महत्वाकांक्षी लक्ष्य राखेको थियो ।
ट्रान्स फ्याट औद्योगिक रूपमा उत्पादित वा प्राकृतिक रूपमा पाइन्छ । ट्रान्स फ्याट को दुबै रूपहरू हर्ट एटैक ९हृदयघात० र मुटु रोगको बढ्दो जोखिम सँग जोडिएका छन् । ट्रान्स फ्याट प्रायः चिनी, बोसो र नुन धेरै मात्रामा हुन्छन् ।
हेल्थपाटी
तपाईँको अभिमत