नेपाल नर्सिङ पेशाकर्मी संघ नुपानको राष्ट्रिय सम्मेलन भदौ २५ गते

अ +
अ -
एमाले निकट नर्सहरुको संगठन नेपाल नर्सिङ पेशाकर्मी संघ नुपानको राष्ट्रिय सम्मेलन भदौ २५ गते हुने भएको छ ।
एमाले सचिव एवं स्वास्थ्य विभाग प्रमुख योगेश भट्राई, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका महासचिव डा.सन्तोष पौडेल, उपमहासचिव अमृता बराल लगायतको सहभागितामा भएको बैठकले सम्मेलन २५ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो ।
सम्मलेनका लागि नुपानकी अध्यक्ष माया गाेलेकाे संयोजकत्वमा आयोजक कमिटि गठन गरिएको छ । सम्मेलनबाट विभिन्न प्रतिवेदनहरु पास गर्ने तथा विधान संसोधन गरिनेछ । सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।
संगठनमा करीब १५ हजार नर्सको आवद्धता रहेको नुपानले जनाएको छ ।
तपाईँको अभिमत