कठै गरिब, दलित बस्तीको जनस्वास्थ्य
म सुदूरका जिल्लामा राजधानीबाट टाढा बसेर स्वास्थ्य सेवाका बारे लेख्न कोसिस गर्दैछु । स्वास्थ्य सेवाको अवस्था तराईका जिल्लामा नाजुक छ । काठमाडौँसँग जोडिएका जिल्लाहरूमा पनि सरकारी स्वास्थ सेवाको अवस्था के नै राम्रो छ र ? भन्ने विचार आइहाल्छ ।
काठमाडौँको वीर अस्पताल र शिक्षण अस्पतालको आकस्मिक कक्षको अव्यवस्था, फोहोर र दुर्गन्धले नेपालको स्वास्थ्य सेवाको अवस्था दर्शाउँछ ।
वीर अस्पतालमा भर्ना भएका एक बिरामीले आफन्तसँग भनेको सुनियो–घरबाट आएर यहाँ उपचार गरेपछि त म झन पो थलिएँ । तिमीहरू पनि मलाई हेर्न आउनु पर्दैन । यहाँ न सफाइ छ, न राम्रो चर्पी । यहाँको गन्धले झन बिरामी बनाइरहेको छ।
सरकारी अस्पतालमा स्वास्थ सेवा राम्रो नहुँदा सेवाग्राहीहरू निजीमा जान बाध्य हुन्छन् ।
उच्च हुन्छ । कति जिल्लाका अस्पतालमा देखिन्छ कि बिरामीहरूलाई 'स्यालाइन' झुन्याइएको छ र उनीहरू आनन्दसँग घाम तापेर बसेका छन् । उनीहरूलाई के विश्वास हुन्छ भने ‘शरीरको पानी सुकेकोले बिरामी भएको हो । स्यालाइनबाट पानी शरीरमा गएपछि त आनन्द हुन्छ । निको भइन्छ । पैसा बढी गएर के भो र ।
कुनै जिल्लामा यस्तो भएको समाचार र फोटो आए समाचार पत्रिकामा छापिएपछि शायद स्वास्थ मंत्रालय तातेर डाक्टर र अन्य स्वास्थकर्मी पठाउन युद्धस्तरमा लाग्नेछ । अनि २–४ महिनासम्म अस्पतालमा खुब चहल-पहल होला अनि फेरl उही पुरानो चाला मै अस्पताल ढल्नेछ।
अनि अर्को वर्ष अर्को जिल्लामा त्यसै हुनेछ ।
अर्को जिल्लाको कुरा छाडौं सरकारले के उपत्यका वरीपरीको स्वास्थ चौकिको अवस्था हेर्न भयाएको छ ? स्वास्थ चौकीहरूको अनुगमन हुँदैन । त्यहाँ शौचालय र पानीको व्यवस्था छैन । पानी र शौचालयको राम्रो व्यवस्था भएको अस्पताल र स्वास्थचौकी त अपवाद नै होला।
जिल्लाका अस्पतालमा दरबन्दी अनुसारका डाक्टर र स्वास्थकर्मी भएन भनेर त्यहाँका स्थानीय नेता, त्यहाँबाट जितेर आएका संसदले कहिले पनि कुरा उठाएनन ?। किनभने उनीहरू ती अस्पतालमा उपचार गर्न जाँदैनन् ।
ललितपुरमा केही यस्ता गाउहरू छन्–जसलाई लतितपुरको कर्णाली भनिन्छ।
गिम्दी र त्यहाँ वरिपरिका स्वास्थ चौकीमा के अवस्था छ भनेर हेर्ने पनि कोही छैन । गिम्दीका एक शिक्षकले भनेका थिए, ‘काठमाण्डु उपत्यका त नाम मात्र हो, हाम्रो त अझै १८औँ शताब्दीका स्वास्थचौकीमा भर पर्नुपरेको छ।’
यो एउटा उदाहरण हो । कुन चाँही तराईका अस्पतालमा स्वास्थ सेवा राम्रो छ र ? सिरहाको जिल्ला अस्पताल होस् वा सर्लाही सबै फोहरी कोठा, शौचालय, फोहोर शय्या । विजोग व्यवस्थापन मात्रै पाइन्छ।
कपिलबस्तुमा हैजा फैलियो तर दलित र गरीब बस्तीमा मात्र । समाचार आयो, हरायो । ठूला मान्छेलाई झाडा–पखाला लागेको भए त्यो समाचारले कति धेरृ प्राथमिकता पाउँथ्यो होला रु नेताहरू निजी अस्पतालमा स्यालाइन लगाएर सुतेको फोटो र झाडा भएका नेता हेर्न दल बलसहित मन्त्री, सांसद निजी अस्पतालको शोभा बढाउन पुग्ने थिए।
तर गरिब, दलित बस्तीमा स्थानीय नेता पनि जान्नन् । ती बस्तीको जनस्वास्थ केबल भागवान भरोसामा चल्छ स्वास्थ मन्त्रालय विचरा छ।
अस्पतालमा डाक्टर पुगेनन् भनेर हरेक वर्ष २–३ चोटी पत्रिकामा आउँछ । डाक्टर नभएर सुत्केरीको बेहाल वा डाक्टर नभएर पोस्टमार्टम हुन पाएन भन्ने खालका समाचार बेला–बेला आइरहन्छ।
अनि केही समय डाक्टर पठाइन्छन् । तर पछि उनीहरूले के गरे वास्ता हुँदैन । डाक्टरलाई त्यहाँ के असुविधा छ? कसैले विचार गदैन।
डाक्टरले जती काम गरेपनि उसको मूल्याङ्कन हुँदैन । अनि किन डाक्टर जाने त भन्ने प्रश्न स्वास्थ मन्त्रालयले किन विचार नगरेको होला ?
डा. अरुणा उप्रेती
तपाईँको अभिमत