आज दिउँसो पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना, कुन प्रदेशमा कस्तो हुन्छ ?

आज (सोमबार) दिउँसो मुलुकका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, वागमती र गण्डकी प्रदेशलगायतका पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको हो ।
रातिसमेत कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य रहेको छ भने कोशी, मधेश र वागमती प्रदेशमा आंशिक प्रभाव रहेको छ । पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भइरहेको महाशाखाले जनाएको छ ।
मंगलबार कोशी, वागमती र गण्डकी प्रदेशमा बदली भई पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेपनि मौसम सफा हुँदै जाने महाशाखाले जानकारी दिएको छ ।
तपाईँको अभिमत