भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्डमा देशकै पहिलो
अ +
अ -
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुगमन तथा मूल्याङ्कनमा चितवनको भरतपुर अस्पताल ८८ प्रतिशत अंकसहित देशभरिका १५ संघीय अस्पतालमध्ये पहिलो भएको छ।
‘ग्रिनजोन’ स्टिकर प्राप्त गर्ने यो एकमात्र अस्पताल बनेको छ, जुन ८५ प्रतिशतभन्दा बढी अंक ल्याउने अस्पताललाई प्रदान गरिन्छ।
अस्पतालको सेवा, व्यवस्थापन, चिकित्सकीय सेवा, फोहोर व्यवस्थापन लगायतका मापदण्डका आधारमा मूल्याङ्कन गरिएको थियो।
मन्त्रालयले २०७८ देखि २०८२ सम्म अस्पतालको मूल्याङ्कन गर्दै आएको छ, जसमा भरतपुर अस्पतालले क्रमशः ५२, ६२, ६४, ७७ र हाल ८८ प्रतिशत अंक प्राप्त गर्दै सुधार गर्दै आएको छ।
अध्यक्ष राजु पौडेल र मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलले निरन्तर प्रयासकै फलस्वरूप यो सफलता हासिल भएको बताउनुभएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत