बागमती प्रदेशका सबै विद्यालयमा नर्स राख्ने तयारी

सांकेतिक तस्बिर
अ +
अ -
बागमती प्रदेशमा रहेका सबै माध्यामिक विद्यालयमा नर्स व्यवस्था गर्ने प्रतिवद्धता सरकारले गरेको छ । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री निमा लामाले सोमबार धुलिखेल अस्पतालको वार्षिकउत्सव कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।
१३ जिल्लाका ११९ स्थानीय तहमा रहेका सबै सामुदायिक माध्यामिक विद्यालयमा एक–एक जना नर्सको व्यवस्था गर्ने उहाँको भनाइ छ ।
यसअघि नै प्रदेश सरकारले ४५९ विद्यालयमा नर्सको व्यवस्था गरिसकेको र आगामी आर्थिक वर्षमा थप ६० विद्यालयमा एक–एक जना नर्स राखिने पनि मन्त्री लामाले जानकारी दिनुभयो।
तपाईँको अभिमत