गाजामा मानवीय सङ्कट, भोकमरीका कारण मृत्यु हुनेको सङ्ख्या ११५ पुग्यो
गाजामा इजरायली आक्रमण जारी रहँदा भोकमरीका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ। गाजाको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएअनुसार, अक्टोबर २०२३ मा इजरायलले गाजामाथि आक्रमण सुरु गरेयता अहिलेसम्म कम्तीमा ११५ जना प्यालेस्टाइनी नागरिकहरू भोकका कारण मरेका छन्।
तीमध्ये धेरैजसो मृत्यु पछिल्ला केही हप्तामा भएका हुन्।
गाजाका अस्पताल स्रोतहरूले जानकारी दिएअनुसार, पछिल्ला २४ घण्टामा इजरायली आक्रमणमा कम्तीमा ६२ जनाको ज्यान गएको छ, जसमा १९ जना सहायता खोज्नेहरू रहेका छन्। साथै, दुई जनाको मृत्यु कुपोषणका कारण भएको पुष्टि गरिएको छ।
पूर्ण नाकाबन्दी र न्यूनतम सहायता
इजरायलले मार्च २०२५ मा गाजामाथि पूर्ण नाकाबन्दी लगाएको थियो र मे महिनाको अन्त्यदेखि थोरै मात्र सहायता प्रवेश गर्न दिएको छ। अत्यावश्यक सामग्री, खाद्यान्न, औषधि र पानीको चरम अभावका कारण गाजामा भयावह मानवीय संकट उत्पन्न भएको छ।
(अलजजिराबाट)
हेल्थपाटी
तपाईँको अभिमत