भारतमा कोरोना संक्रमणदर ४ प्रतिशतमाथि

फाइल तस्बिर
भारतमा पछिल्लो समय कोरोना संक्रमणदर ४ प्रतिशतभन्दा बढी देखिएको छ । पछिल्लो साता भारतमा ४.०९ प्रतिशत संक्रमदर देखिएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार ८४० जनामा संक्रमण भेटिएको छ । यो परीक्षण गरिएकाको ४.१४ प्रतिशत हो ।
संक्रमण बढेसँगै सक्रिय संक्रमितको संख्या पनि बढेको छ । अहिले भारतमा १ लाख २५ हजार २८ जना सक्रिय संक्रमित पुगेको जनाइएको छ । त्यस्तै पछिल्लो दिन ४३ जना संक्रमितको ज्यान गएको छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख २५ हजार ३८६ पुगेको छ ।
सन् २०१९ को अन्तिमदेखि चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले विश्वलाई आक्रान्त बनाएको थियो । संक्रमण कम हुँदै गएसँगै आर्थिक पुनरुत्थान हुन थालेको छ । तर पछिल्लो समय संक्रमण दर बढ्न थालेको छ ।
यसले कोरोनाको चौँथो लहर सिर्जना हुन सक्ने त्रास बढेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत