कोरोनाका कारण आयुर्वेद कार्यालय दार्चुलाका प्रमुख जोशीको निधन
अ +
अ -
खलंगा । जिल्ला आयुर्वेद स्वास्थ केन्द्र दार्चुलाका कार्यालय प्रमुख एबं वरिष्ठ कविराज (निरीक्षक) लोकेन्द्र जोशीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
कोरोना पुष्टि भएपछि सेती प्रादेशिक अस्पताल (कोभिड अस्पताल) मा उपचाररत ४५ वर्षीय जोशीको शनिबार बिहान मृत्यु भएको जिल्ला आयुर्वेद स्वास्थ केन्द्र दार्चुलाले जनाएको छ ।
उपचारका लागि गत हप्ता भारतको दिल्ली जानुभएका जोशीलाई भारतबाट फर्किएपछि धनगढीमा कोरोना संक्रमण पुष्टि भएको थियो । जोशीको स्थायी ठेगाना बैतडीको दोगडाकेदार गाउँपालिका हाे ।
हेल्थपाटी
तपाईँको अभिमत