शरीर बंग्याउनु मात्रै योग होइन, मनको बेचैनी हटाउँछ (भिडियो)
पछिल्ला दिनमा स्वस्थ जीवनका लागि योगको महत्व बढ्दै गएको आयुर्वेद चिकित्सक डा.विनोद घिमिरे बताउनुहुन्छ ।
डा.घिमिरेका अनुसार सम्पन्नता बढ्दै गएपनि मान्छेमा खुसी हराउँदै गइरहेको छ । विश्वमा मानसिक समस्याले विकराल रुप लिइरहेको छ। यस कारण पनि गुणस्तरीय जीवनका लागि योगको महत्व बढिरहेको उहाँको भनाइ छ ।
योगले मन शान्त बनाउन, रोगको व्यवस्थापन गर्न तथा कतिपय अवस्थामा रोग निमूल गर्नै नै भूमिका खेलेको अनुसन्धानले देखाएको डा.घिमिरेले जानकारी दिनुभयो ।
एन्जाइटी, डिप्रेसनलाई रोक्न योगले सहयोग गर्दछ, शरीरको प्रतिरक्षा प्रणाली बढाउन, बुढ्यौली कम गर्न, उच्चरक्तचाप, मोटोपना, दम, मधुमेह जस्ता रोगको व्यवस्थापनमा योगले सहयोग गर्ने गरेको पनि डा.घिमिरेले बताउनुभयो।
चिकित्सामा योगको भूमिका र स्वास्थ्य जीवनका लागि योगको महत्वबारे हामीले आयुर्वेद चिकित्सक डा.विनोद घिमिरेसँग कुराकानी गरेका छौँ ।
योगबारे उहाँले दिनुभएको जानकारीको सम्पादित अंश तल प्रस्तुत छ
योग भनेको हो ?
योग शब्द जोडिने भन्ने अर्थ लाग्छ व्यक्ति र चेतनासँग हाम्रो परम चेतनालाई जोड्ने भन्ने हुन्छ । जीवनका विभिन्न पक्ष छन् ती पक्षको जोडलाई योग भनिन्छ ।
पछिल्लो समय हामीले धेरै भौतिक प्रगति ग¥यौँ । जीवन सम्पन्नशाली पनि भयो । तर मानसिक हिसाबले हामी झनपछि झन तनावको अवस्थामा परिरहेका छौँ । झन–झन स्वास्थ्य समस्याहरु आइरहेका छन् । आयुको मापन बढे पनि जीवनको गुणस्तर घटिरहेको छ ।
हामीलाई भित्रदेखि शान्ति खुसी नमिलिरहेको अवस्था छ । त्यसका लागि योग आवश्यक देखिन्छ ।
योग र तनावसँग के सम्बन्ध छ ?
योगले तनावबाट उत्पन्न हुने जति प्रतिक्रिया छन् त्यसलाई कम गर्छ भनिन्छ । अनुसन्धानले त्यो देखाएको पनि छ ।
अहिलेको हाम्रो जीवनशैली जुन छ त्यसले गर्दा हामी तनावमा छौँ । प्रतिस्पर्धापूर्ण जिन्दगी छ । स्रोत–साधन सीमित छन् हाम्रो अपेक्षा, आवश्यकताहरु धेरै छन् । भित्रदेखि हामी खुसी हुनसकिरहेका छैनौँ ।
खुसी हाम्रो भित्रै छ तर मनैदेखि खुसी हुन सकिरहेका छैनौँ । योगले मनको गतिलाई कम गर्छ । गति कम हुनेवित्तिकै आफूभित्रको खुसी बाहिर निस्कन्छ । त्यसलाई नै हामी तनावमुक्त अवस्था भन्छौँ ।
यसरी योगले तनाव व्यवस्थापनमा सहयोग गरिरहेको हुन्छ । अहिलेको समयमा विश्व स्वास्थ्य संगठनले तनावलाई महामारीको रुपमा लिएको छ । तनावलाई कम गर्ने एउटा तरिका योगमा वर्णन गरिएको जुन अभ्यास छन्, तिनै हुन् भनिएको छ ।
योगमा पनि नियम हुन्छ ?
योगका धेरै भागहरु छन् । आफू कसरी खुसी र आनन्द हुने भन्ने एउटा मार्ग नै हो । यसमा हामीले व्यक्ति अनुसार विभिन्न खालको अभ्यासहरु छन् । जस्तो कसैलाई भगवानप्रति प्रेम हुन्छ भने त्यो मार्गले पनि शान्ति दिन्छ ।
अर्को कर्म योगको पाटो छ । जसमा फलको आस नगरेरै गरिने सेवा भावका कामहरु छन्, त्यो पनि आफैँमा योगको अभ्यासको रुपमा छन् । आसन प्रणायाम जस्ता योग छन् जसलाई हामी अष्टांग योग भन्छौँ । सबैभन्दा धेरै मान्छेले बुझ्ने योग नै यही हो । कहिले कहीँ ज्ञान योगको पाटो जस्तो क को हुँ, किन आएँ, खुसी के हो ? यो खालको अभ्यास पनि गर्न सकिन्छ । मान्छेको अवस्था अनुसार सबैले योग गर्न सक्ने हुन्छ ।
जस्तो कोही धेरै वृद्ध छन्, उहाँहरुलाई भक्ति योगको मार्ग उपयुक्त हुन्छ । कोही बौद्धिक व्यक्ति छन् भने उनीहरुलाई ज्ञान, विज्ञान, विवेचनाको माध्यम हुन्छ ।
कसैलाई भक्तिको मार्ग, कसैलाई ज्ञानको मार्ग, कसैलाई कर्मको मार्ग छ । धेरैले बुझ्ने योग भनेको आसन प्रणायाम हो, जुन शरीरको आसनबाट गर्ने हुन्छ ।
त्यो पनि मान्छेको अवस्था अनुसार धेरैले गर्न सकिने नै हुन्छ । हामीले कुन मार्ग प्रयोग गर्यौँ भन्दा कुन भावका साथ, कुन उद्देश्यले गर्ने भन्ने हुन्छ । योगको उद्देश्य भनेको मनलाई शान्त पार्ने, चेतनालाई विकास गर्ने, आफूभित्र शक्ति आर्जन गर्ने, खुसी र आनन्दको मार्गमा लाग्ने भन्ने नै हुन्छ।
आसनमा शरीरका कुन–कुन अंग कसरी प्रयोग हुन्छन् ?
आसन भनेको स्थीर भएर सुखुपूर्वक बस्ने हुन्छ, केही आसनहरु हाम्रो परम्परागत ग्रन्धहरुमा भेटिन्छ । यस्ता आसनहरु धेरै छन् । ८४ लाखकै कुरा पनि गरिन्छ । आसन भने कतिपय आसन हामीले जनवारका स्वरुपबाट सिकेका छौँ । कति प्रकृतिसँग सिकेका छौँ ।
सामान्यतथा जहाँ तन्किन्छ, जहाँ खुम्चिन्छ त्यहाँको प्राणलाई फरक पार्छ । रक्त सञ्चारमा परिवर्तन ल्याउँछ । आसन अगाडि शरीरलाई शिथिलिकरण, शुद्धिकरण गर्नुपर्ने हुन्छ । यो पछि गर्यो भने सजिलो हुने हुन्छ ।
योगले स्वास्थ्यमा गर्ने खास फाइदा के हो ?
अहिलेको समयमा दीर्घरोग एकदमै बढेको छ । नेपालकै तथ्यांक हेर्यो भने नसर्ने दीर्घरोग छन् । यसमा हाम्रो जीवनशैली, आहार–बिहारको कुरा हुन्छ । परीश्रम नगर्ने, कुलत जस्ता कारणले दीर्घरोग उत्पन्न भइरहेका हुन्छन् । दीर्घरोगका धेरैजसो कारण परिवर्तन गर्न सकिने हुन्छ।
विश्व स्वास्थ्य संगठनका अनुसर ८० प्रतिशत कारण न्यूनिकरण गर्न सकिने किसिमका हुन्छन् । यसका लागि हाम्रो आहारमा ध्यान दिनुपर्ने हुन्छ । परीश्रम गर्नुपर्ने हुन्छ । कसरत गर्नुपर्ने हुन्छ । निद्रो राम्रो लागेको हुनुपर्छ । यसका लागि योगले राम्रो योगदान गर्छ ।
योगले शारीरक कसरत मात्रै नभएर मनलाई शान्त पार्ने गर्छ । मन यति धेरै बेचैन हुन्छ हामीले गर्ने भन्दा नगर्ने कुराहरु गरिरहेका हुन्छौँ। आफैँले आफूलाई नियन्त्रण गर्न पनि योगले काम भनिन्छ ।
एउटा स्वस्थ व्यक्तिले खुसी र आनन्दित हुनका लागि परम चेतनाको अनुभव लिनका लागि योग अभ्यास गर्न सक्छन् । बिरामीले रोगलाई रोकथामका लागि र भइसकेको अवस्थामा दीर्घरोगको व्यवस्थापनमा सहयोग गर्छन् र हाम्रो जीवनको गुणस्तर राम्रो गर्न रोग योगले मद्दत गर्छ भनेर अनुसन्धानहरुले देखाएका छन् ।
योगले प्रत्यक्ष रुपमा व्यक्तिमा पारेको प्रभाव कस्तो देखिन्छ ?
पछिल्लो १०० वर्षमा योगलाई चिकित्साको हिसाबमा प्रयोग गरेको देखिन्छ । ती अनुसन्धानका निष्कर्षले पनि विभिन्न कुरा देखाएका छन्। कतिपय रुपमा आफ्नै अनुभवले पनि हामी देखिरहेका हुन्छौँ ।
फाइदाका कुरा गर्नुपर्दा इन्जाइटी, डिप्रेसन जस्ता रोग धेरै छन् । विकसित देशमा मानसिक समस्या झन विकराल रुपमा देखिएको छ । योगले यिनलाई कम गर्न मद्दत गर्छ भन्ने अनुसन्धानहरुले देखाएका छन् । हाम्रो पनि अनुभव छ । शरीरमा हुने दीर्घ दुखाइमा तनावले केही न केही प्रभाव पारिरहेको हुन्छ । यसलाई कम गर्छ भनिएको छ । शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउन, बुढ्यौली पन कम गर्न पनि मद्दत गर्छ । बढ्यौली कम गर्न रसायनहरु कम गर्न योगले काम गर्छ । खुसी हर्माेनहरु इन्डोस्फिल, अक्सिटोसिन निकाल्न पनि योगले मद्दत गर्छ जसले हामीलाई खुसी दिन्छ ।
रोग लागेपछि पहिलेकै अवस्थामा फर्काउने र सकिँदैन भने तिनीहरुको जीवनलाई सहजीकरण गर्नेलाई पुनस्थापना भन्छौँ । यसमा पनि योगको भूमिका छ भन्ने देखाउँछ ।
सबैखाले बिरामीले योग गर्न सक्छन् ?
बुझ्नुपर्ने कुरा के हो भने योग भनेको मन पसन्न बनाउने उपाय हो । योग भन्ने वित्तिकै शरीरलाई भाँच्ने, शरीरलाई बंग्याउने मात्रै भन्ने बुझिन्छ। तर त्यो एउटा आसनको पाटो मात्रै हो । अब कोही मान्छे ह्वील्चियरमा आयो, यसले आसन त गर्न सक्दैन, शरीर बग्याउन त सक्दैन तर केही नभए पनि लामो गहिरो श्वास लिनसक्छ, मनमा ध्यानका अभ्यास, कल्पनाका अभ्यास गर्न सक्छ। जसले मन शान्त बनाउँछ ।
साधनको हिसाबले गर्दा पनि परामर्श चाहिन्छ । चिकित्सकीय हिसाबमा हेर्दा के मा के नगर्ने भन्ने हुन्छ । उपयुक्त व्यक्तिको सल्लाह लिएर गर्दा राम्रो । डराउनै पर्ने त होइन तर सकेसम्म सावधानी भएर गर्नु राम्रो ।
कुन समयमा योगा गर्नु राम्रो ?
आसन, प्रणायम, शुद्धिकरणका अभ्यासहरु छन्, सकेसम्म बिहान खाली पेटमा गर्नु राम्रो हुन्छ । अरु अभ्यासहरु जतिखेर पनि गर्न सकिन्छ ।
कसरत र योगमा के फरक छ ?
कसरतमा मनको कुरा हुँदैन । अन्य कुरामा ध्यान दिँदै पनि कसरत गर्न सकिन्छ । तर योगा मनलाई पनि केन्द्रीत गर्नुपर्ने हुन्छ
तपाईँको अभिमत