आज दिउँसो तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, दुई प्रदेशमा हिमपात समेत हुनसक्ने

अ +
अ -
शनिबार दिउँसो तीन प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो ।
कोशी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको छ ।
त्यस्तै आज राति मुलुकभरका पहाडी क्षेत्रमा आंशिक बदली रहने देखिएको छ । बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ ।
कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा भने हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
तपाईँको अभिमत