यी चार बानीले हुन्छ फोक्सो बलियो
शरीरका सबै अंग स्वस्थ रहन जरुरी मानिन्छ । हाम्रो शरीरले सही किसिमले काम गरोस् भन्नका लागि सबै अंगले यसमा योगदान गर्न आवश्यक छ । फोक्सोको भूमिका त झनै मत्वपूर्ण छ । फोक्सो हाम्रो स्वास-प्रश्वासमा खास र महत्वपूर्ण मानिन्छ । यदि हाम्रो फोक्सो खराब भयो भने स्वास प्रश्वासमा समस्या हुन्छ।
त्यसपछि हामी बिरामी हुने क्रम बढ्न थाल्छ । कोरोना अवधिलाईनै लिउ । यो अवधिमा कारोनाले धेरैको फोक्सो बिग्रिएको छ । तर, फोक्सो खराब हुन नदिनका लागि पनि केही उपाय अपनाउन सकिन्छ ।
धुमपान गर्नु हुँदैन
फोक्सोलाई स्वस्थ राख्न सबैभन्दा जरुरी कुरा भनेको धुम्रपान नगर्नु हो । धुम्रपान गर्नाले निकोटिन, कार्बन मोनोअक्साइड लगायतका विभिन्न रसायन हाम्रो शरीरमा प्रवेश गर्छ र यसले फोक्सोको भित्ता सुनिन्छ । त्यसैले फोक्सोमा नोक्सानी नपुगोस् भन्नका लागि धुमपान बाट परै रहनुपर्छ ।
उच्च फाइबर खाद्यान्नको सेवन गर्नु
फाइबरयुक्त खानेकुरा पनि फोक्सोका लागि उपयुक्त मानिन्छ । यसका लागि तपाई नासपाती, ब्रोकाउली जस्ता चिजको सेवन गर्नुहोस् । यसले फोक्सोलाई स्वस्थ राख्नका लागि मद्दत गर्छ ।
हरिया पत्तेदार सागसब्जी खान नभुल्नु
फोक्सोलाई स्वस्थ राख्नका लागि एक अर्को तरिका पनि छ । यसका लागि तपाईले आफ्नो खानामा हरिया पात भएको सब्जीलाई संलग्न गर्नुपर्छ ।
लोइकोपेनले पूर्ण आहारको सेवन गर्नुपर्छ
फोक्सोलाई स्वस्थ राख्नका लागि तपाईले यस्तो खाना लिनु आवश्यक छ कि जुन लाइकोपेनयुक्त होस् । यसका लागि तपाईले गाजर, मेवा, सखरखण्ड, गोलभेडा र तरभुजा जस्ता खानुहोस् । यसबाट तपाईको फोक्सो मजबुत हुन जान्छ । अमर उजालामा प्रकाशित डा. परेवश मलिकको लेखबाट साभार ।
हेल्थपाटी
तपाईँको अभिमत