आयुर्वेद चिकित्साका देवता धन्वन्तरी (भिडियो)
आज धन्वन्तरी जयन्ती । कार्तिक कृष्ण त्रयोदशीलाई प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पति भएको दिनका रुपमा मानिन्छ ।
सत्य युगमा देवता र असुर मिलेर समुद्र मन्थन गरेका थिए ।
अन्य चिकित्सा पद्धति आउनुभन्दा पहिला संसारमा आयुर्वेद चिकित्सा पद्धति मात्रै रहेको आयुर्वेद चिकित्सक डा.श्याम यादव बताउनुहुन्छ।
आयुर्वेद सबैभन्दा पुरानो चिकित्सा पद्धति भएपनि अहिले यो पछि परिरहेको नरदेवी आयुर्वेद अस्पतालका निमित्त निर्दशक समेत रहनुभएका डा.यादवको भनाइ छ ।
पश्चिमा देशसँग स्रोत, साधन रहेकाले उनीहरुले पछि विकास गरेको आधुनिक चिकित्सा पद्धतिले आयुर्वेद पद्धतिलाई ओझेलमा पारेको डा.यादव बताउनुहुन्छ ।
तर सबै चिकित्सा पद्धतिको जरो तथा चिकित्सा विज्ञानको जननी आयुर्वेद नै रहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।
पूर्वीय सभ्यताबाट उत्पन्न भएको पुरानो चिकित्सा पद्धतिबारे समाजमा चेतना फैलाउन नसकिएको उहाँको भनाइ छ ।
‘जुन प्रकारले आम व्यक्तिमा आयुर्वेदको चर्चा प्रचार प्रहार हुनुपर्थ्यो त्यो भएको छैन’ डा.यादव भन्नुहुन्छ, ‘स्कुलका बालालिका जसरी सिकउनुपर्थ्यो, त्यो भएको छैन । कोर्समै राखेर यसबारे बुझाउन सकिएको छैन ।’
आयुर्वेद चिकित्साको हजारौँ वर्ष पुरानो इतिहास रहेको पनि डा.यादवले बताउनुभयो । नेपालमै पनि ४०० वर्ष पहिला नै सिंहदरबार वैद्यखाना स्थापना भएको इतिहास रहेको पनि उहाँले जानकारी दिनुभयो ।
आधुनिक चिकित्सामा आयुर्वेद औषधिलाई प्रशोधन गरेर अरु औषधि बनाएपछि
त्यसको प्रयोगकर्ता धेरै भएको पनि उहाँले बताउनुभयो । ‘यसले छिटो–छिटो काम गर्ने भयो । मान्छेलाई खान प्रयोग गर्न सहज भयो’’ डा.यादव भन्नुहुन्छ, ‘शरीरलाई कुनै प्रकारको नकारात्मक असर नगर्ने, हाम्रो शरीरजस्तै पञ्च महाभूत र त्रिदोष धातुमा आधारित आयुर्वद औषधि हुन्छन् ।’
हेल्थपाटीसँगको कुराकानीमा डा. यादवले हाम्रो देशको मौलिक पद्धतिलाई प्रचार–प्रसार गर्नुपर्ने थियो, बालबालिकाका पाठ्यपुस्तकमै राखेर भएपनि यसप्रति आम व्यक्तिमा विश्वास कायम राख्नुपर्ने सुझाव उहाँको छ ।
डा. यादवसँग हेल्थपाटीका लागि जगन्नाथ ढकालले गर्नुभएको कुराकानी :

हेल्थपाटी
तपाईँको अभिमत